दमौली/विज्ञान शिक्षक समाज तनहुँ र विद्यार्थी विज्ञान समाज तनहुँले डिजिटल विज्ञान हाजिरी जवाफ प्रतियोगिता गर्ने भएका छन् । समाजका अध्यक्ष सुदिप आचार्यका अनुसार जिल्लाका सबै माध्यमिक विद्यालयमा सहभागि पठाउनका लागि पत्राचार गरिसकिएको छ । माध्यमिक विद्यालय स्तरिय हुने उक्त प्रतियोगितामा सहभागि हुन चाहने विद्यालयले एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थी सहभागि गराउन सक्ने छन् ।
आगामि शनिबार सत्यवती माध्यमिक विद्यालयको सभा कक्षमा आयोजना गरिन लागेको प्रतियोगिताक समभागि समूहले दुइसय रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने समेत अध्यक्ष आचार्यले बताए । कक्षा १० सम्मका विद्यार्थीमात्र सहभागि हुन पाउने प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतिय स्थान प्राप्त गर्ने समूहलाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता जेठ १८ गते शनिबार हुनेछ ।