दमौली/शिक्षा तथा खेलकूद, जलस्रोत, स्थानीय विकास, गृह मन्त्री र नेपाली काँग्रेसको सहमहामन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका काँग्रेस नेता गोविन्दराज जोशीको क्रियाशिल सदस्यता समेत नविकरण नगरिदिएपछि अन्तिम पटक स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडेर आफ्नो क्षेत्रको विकास गर्ने लक्ष्यका साथ चुनावी झझल्को दिने गरी मतदाता भेटघाटमा व्यस्त छन् नेता
जोशी ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी समेतका दलका कार्यकर्ताका मनभित्र विकास गर्ने नेताको पहिचान बनाएका जोशी कार्तिक २२ गतेदेखि २८ गतेसम्म संघीय निर्वाचन क्षेत्र नं. १ का मतदाता माझ पुगेका छन् । कार्यकर्ताको सीमित घेराभन्दा माथि उठेर मतदाताहरु माझ पुगेका जोशीले सर्वपक्षिय, सर्वदलिय नेता तथा कार्यकर्तालाई भेट गरेर शुभकामना, सद्भाव संगसंगै मतदान गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ क्षेत्रगत भ्रमण गरेको बताईन्छ ।
गोविन्दराज जोशीले आव्हान गरेको सभामा यतिबेला सर्वदलीय सर्वपक्षिय मतदाताको सहभागिता रहेको पाईन्छ । मतदाताहरुले अहिले नै मतदान गर्ने आश्वासन नदिएको भएता पनि जोशीको भनाई र प्रतिबद्धता सुन्न मतदाताहरु जोशीको सभामा सहभागि भएको आभाष हुन्छ ।
भानु नगरपालिका वडा नं.७ ज्वालादेवी टोलका दुर्गाबहादुर गुरुङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ का सभापति
हुन् । आफ्नो क्षेत्रको भ्रमणमा आएका जोशीको कुरा सुन्न गएका गुरुङ्ग पनि विकास निर्माण गर्ने नेता जोशी हो भन्ने कुरामा विश्वस्त छन् । त्यसैगरी भानु–७ सानो थानीमाई टोलका जीवनकुमार श्रेष्ठ माओवादी कार्यकर्ता हुन् । जोशीको आव्हानमा आयोजित कार्यक्रममा श्रेष्ठको पनि सहभागिता रहेको थियो । प्रस्तावित स्कूलहरु स्थायी गर्न, बेरोजगार युवाहरुलाई रोजगारी दिलाउन, मोटरेबुल बाटो बनाउनमा जोशीले देखाएको सक्रियता र चासो देखेजाने बुझेका उनले जोशीको कुरा सुन्न र भेट्न कार्यक्रममा गएको बताए । रम्घाटारका सूर्यनाथ पण्डितको बुझाईमा अहिलसम्मका साँसदहरुमा जोशीले राम्रो काम गरेको हो । तर पनि आधिकारी उम्मेदवारलाई छोड्न उहाँहरुले सक्नुहुन्न । काँग्रेस मिलेर जोशीलाई टिकट दिए, काँग्रेसको उम्मेदवारलाई जिताउन सकिन्थ्यो भन्ने पण्डितको धारणा रहेको छ । अहिले तनहुँ क्षेत्र नं. १ का मतदाता जोशी आऊ तनहुँ बचाउ भन्दै जोशीलाई सहयोग गर्न आव्हान गरिरहेका छन् ।