दमौली/व्यास नगरपालिका बडा नं. १० स्थित श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलले डेँगी रोग सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । हाल महामारीको रूपमा फैलिदै आइरहेको डेँगी रोग विभिन्न माध्यमबाट रोकथामको आनकारी गराउँदै आइरहको अवस्थामा सर्कलले नाटकको माध्यमबाट जानकारी गराउने प्रयास गरेको सर्कलका शिक्षक नायक यम प्रसाद सापकोटाले बताउनुभयो । सो सडक नाटक व्यास १० का विद्यालयहरुमा , बेलहारी, अत्रौली र गणेश टोलमा लगायतका स्थानमा नाटक प्रदर्शन जनचेतना जगाउने सर्कलले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक तथा संरक्षक रामचन्द्र पोखेलले नाटकको माध्यमबाट जनचेतना जगाएर सर्कलले समय सान्दर्भिक उत्कृष्ट कार्य गरेको बताउनु भएको छ ।
त्यसैगरी सर्वज्योति मा. वि. का. प्र.अ. तथा संरक्षक भरत काफ्लेले नाटक अत्यन्त जीवन्त रहेको र विद्यार्थीहरुले नाटकबाट पर्याप्त ज्ञान प्राप्त गरेको बताउनु भएको थियो। त्यसै गरी शिव मा. वि.का प्र.अ. एवं संरक्षक चन्द्रमणी कोइरालाले चन्डिदेवीको युवा रेडक्रस सर्कलले नाटकको माध्यमवाट विद्यालय एवं टोल टोलमा गएर जनचेतना फैलाउने कार्य गरेकोमा प्रशंसा गर्दै आफ्नो व्यक्तिगत तथा विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी गणेश टोलका अध्यक्ष श्रीराम सुंदर, बेलारी टोलका अध्यक्ष प्रेम बहादुर बिक लगायतकाले उक्त सडक नाटकको खुलेर प्रशंस्ता गरेका
थिए ।
नाटकमा डेँगी रोग कसरी सर्छ ? कसरी जोगिन सकिन्छ ? यो रोग लाग्दा के के सावधानी अपनाउनु पर्छ अथवा के के खान हुन्छ हुँदैन भन्ने विषयलाई लिएर तयार गरिएको छ ।
सर्कलका नौ जना विद्यार्थीहरुद्वारा प्रदर्शित यस नाटकलाई लक्ष्मी पौडेलले लेख भएको हो र यम प्रसाद सापकोशले निर्देशन गर्नु भएको सर्कलले जनाएको छ ।