वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार छात्रवृत्तिको आवेदन माग गरेको छ ।
सचिवालयको साउन ११ मा प्रकाशित सूचना अनुसारपूर्व प्राथमिक वा नर्सरी कक्षा देखि कक्षा १२ सम्म तनहुँ जिल्ला अन्तर्गतका विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका बैदेशिक रोजगारका क्रममा मृत्यु, अशक्त भएका अभिभावकका ३ जना सम्म विद्यालयमा अध्ययन गरिरहेका सन्ततीलाई शैक्षिक सत्र २०७८ मा बैदेशिक रोजगार छात्रवृत्ति प्रदान गरिने छ । यसका लागि आवश्यक कागज प्रमाण सहित आश्विन मसान्त भित्र सम्बन्धित विद्यालयमा निवेदन दिन सचिवालयले आग्रह गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तरका र १८ वर्ष मुनिका वालवालिकाहरुले निवेदन दिन सक्ने छन् । निवेदक श्रम स्वीकृति लिइ बैदेशिक रोजगारमा गइ मृत्यू व अंगभंग वा विरामी भइ बैदेशिक रोजगार वोर्डवाट शत प्रतिशत–आर्थिक सहायता लिएका कामदारका छोराछोरी हुनु पर्नेछ ।
निवेदनका साथमा कामदारको श्रम स्वीकृतिको निस्सा स्टिकरको प्रतिलिपी , निवेदकको संरक्षकको नागरिकताको प्रतिलिपी, बैदेशिक रोजगारमा गइ सोहि क्रममा मृत्यू भएका कादारको मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी, बोर्डवाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने कामदारको राहदानी प्रतिलिपी र नम्बर, बैदेशिक रोजगारमा गइ सोही क्रममा अशक्त भएका कामदारको पुर्ण रुपमा अशक्त भएको खुल्ने प्रमाण कागजात हुनुपर्नेछ । यसका साथै, विद्यार्थीको जन्मदर्ताको प्रतिलिपी, निवेदक संरक्षक र कामदार विचको नाता प्रमाणितको प्रतिलिपी । ८ सम्बन्धित स्थानीय तहको सिफारिश,अध्ययनरत विद्यालयको कक्षा र अध्ययन गरिरहेको खुल्ने गरी सिफारिश , सम्बन्धित विद्यार्थी वा सम्बन्धित विद्यार्थी र निजको संरक्षक तथा अभिभावको संयुक्त बैंक खाता नम्बर र चेकको फोटोकपी निवेदनका साथ संलग्न हुनुपर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
छात्रवृत्तिका लागि आवेदन खुल्यो
previous post