ऋषिङ/ऋषिङ गाउँपालिकाको आयोजना गरेको चौथो ऋषिङ अल्ट्रा म्यारथन २०८१ को उपाधी नेपाली सैनिकका हुमलाल श्रेष्ठले जितेका छन् ।
ऋषिङ गाउँपालिकाको धारुङबाट सुरु भई दुबुङ भ्युटावरसम्म ४२.२ किलोमिटरको दूरी पार गर्दै श्रेष्ठले पहिलो स्थान हासिल गरेका थिए भने प्रतियोगितामा नेपाली सैनिकका राजन येयोङबाले दोस्रा, जुनेश खड्काले तेस्रो र रिखुलाल सिँजाली मगरले सान्त्वना स्थान प्राप्त गरेका हुन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ६५ हजार, दोस्रो हुनेले ले नगद रु ४० हजार, तृतीय हुनेले नगद रु २५ हजार र सान्त्वना हुनेले नगद रु १० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । स्थानिय धावक मध्य निर्धारीत दुरी पहिले पार गर्ने तीन धावक हेमकुमार थापालाई नगद रु ५ हजार, वसन्त बर्डेवालाई नगद रु ४ हजार र बसुदेव थापालाई नगद रु ३ हजार सहित प्रमाणपत्र पदान गरिएको गाउँपालिकाका प्रबक्ता विजय दरैले बताए ।
विजेताहरुलाई गण्डकी प्रदेशका सांसद जितप्रकाश आलेले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, व्यास नगरपालिकाका संस्थापक नगरप्रमुख ताराप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।