दमौली/चेली टिकटक प्रतियोगितामा सुस्मिता थापा प्रथम भएकी छन् । सोमबार प्रकाशित नतिजा अनुसार इन्दिरा नेपालीको समूहले द्वितिय स्थान हासिल गरेकी छन् । पब्लिक च्वाइस अवार्डकी विजेता तारा पौडेल भएकी छन् । सान्त्वना पुरस्कार सबु बेगम, सुस्मिता लौडारी र सन्ध्या पौडेल चयन भएका छन् । तनहुँमै पहिलो पटक दमौली न्यूज डट कम ले चेली टिकटक प्रतियोगिता आयोजना गरेको थियो । तीजको अवसरमा मौलिक संस्कृति संरक्षण र कोरोना जोखिमका कारण सानो समूहमा तीज मनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको नतिजा हाल आएर प्रकाशित भएको आयोजकले बताएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता एवं गुरुङ चलचित्र कलाकार गल गुरुङ , चर्चित लोक गायिका कला लम्साल तथा वरिष्ठ ब्युटिसियन शकुन्तला आले निर्णायक मण्डलले सो नतिजा प्रकाशित गरेको हो । लोकप्रियता, मौलिकता, अभिनय तथा प्रस्तुतीसमेतका आधारमा विजेता छनौट गरिएको निर्णायक मण्डलले बताएको छ । उनीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । प्रथम स्थानको विजेताले पाँच हजार र द्वितिय स्थानको विजेताले तीन हजार पुरस्कार पाउने घोषणा गरिएको भएतापनि अन्य स्थानका विजेताले कति पुरस्कार पाउने खुलेको
छैन । प्रतियोगितामा २० प्रतियोगि सहभागि भएका थिए ।
चेली टिकटकको विजेता सुस्मिता
previous post