Tanahun Awaj
साहित्य

चट्याङ्ग चौतारी

कोराना पुराण

यमप्रसाद सापकोटा

यो कोरोनाले संसार नै तर्साएको बेलामा म पनि अछुतो रहन सकिन । कसरी भनेर भन्नु होला भने मेरो कान्छी छोरी करुणा । आमाले करुणा भन्नु हुन्छ । म कोरोना सुन्छु । नसौं पनि कसरी नेपालमा कोरोना, भारतामा कोरोना, चिनमा कोरोना, विश्वमा कोरोना, टिभिमा रोडियो, पत्रपत्रिकामा कोरोना, मोवाईलको व्याक टोनमा कोरोना, नाकामा कोरोना, हस्पिटलमा कोरोना, जताजतै जहाँतही कोरोना । भट्टी पसलदेखि चिया पसल, तरकारी पसलदेखि सरकारी पसल सबैमा कोरोना । अनि आमाले कान्छीलाई करुणा भन्दा म कसरी कोराना नसुनौं त ए गाँठे ।
हाम्री आमालाई छिमेकी हवल्दारनी काकीको कुरामा असाध्यै विश्वास लाग्दछ । काकीले कालोलाई रातो भने रातै भन्नु हुन्छ, सेतोलाई पहेंलो भने पहेंलै भन्नु हुन्छ । एक पटक आमालाई पखला लाग्दा खै के जडिबुटी खान दिनु भएछ र निको भएछ । त्यसपछि आमा काकीको अन्धभक्त ।
काकीले कोरोनाबाट जोगिन नियमित साबुन पानीले हात धुने, कसैको नजिक नजाने, जनावरबाट टाढा बस्ने, खोक्दा, हाछ्यू गर्दा हातको पञ्जा प्रयोग नगरी कुहिनाले छेक्ने, आफू पनि अर्काको घरमा नजाने र अरुलाई पनि आफ्नो घरमा सकेसम्म आउन नदिने भनि दिनुभएछ, त्यस पछाडि बुढीलाई के चाहियो ! हात धुँदा धुदा दिनको एउटा डल्लो सावुनले पुग्दैन । हाछ्यूँ ग¥यो कि खोक्यो कि लखेटी हाल्नु हुन्छ ।
विदाका बेलामा कोरोनाले सबैतिर बन्द छ भनेर यसो ससुराली आउनु भएका भिनाजु विचरा । यसो एक दुई दिन ससुराली तिरै थन्किने विचारले । आमाले टाढैबाट गरुण पुराण सुनाए जसरी फलाक्न थालि हाल्नु भयो । बाबु यसरी किन हिड्नु भाको । जानुस् घरै बस्नुस् । कसैसंग हातसात नमिलाउनुस्, साबुन पानीले हात धुनुस् । कुकुर, विरालो, मुसा जस्ता जनावरबाट टाढै बस्नुस् । नाति नातिनालाई पनि बरु टिभि मोवाईलतिर व्यस्त राख्नुस्, बाहिर निस्कन नदिनुस् । ल ल खुरुक्क घर जानुस् ।
विचरा ससुरालीमा यसो विदा तरा लगाउन आ’का ज्वाँईसाव नमस्ते मात्र खाएर आफ्नै निवासस्थान तर्फ फिर्ता हुँदै गर्दा मैले पनि यसो मोटो दिमाग लगाएर सोँचे । सबै मेरी आमा जति सतर्क भए यो कोरोना छिट्टै नै नियन्त्रण हुने थियो कि !!

Related posts

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin

नामको भोकले दौडिएको एउटा मनुवा

admin

आमा

admin