रामप्रसाद श्रेष्ठ
पुट्टार/गणतन्त्र कोरिया सरकारको सहयोगमा कोईका नेपाल ले तनहुँको घिरिङ गाउँ पालिका वडा नंवर १ मा सन २०२० देखि २०२४ सम्मको अवधि ग्रामीण समुदायहरूको स्वास्थ्य र कृषि बाट आय आर्जन बढाउनको लागि परियोजना संचालन गर्दै आएको छ ।
दुर्गम र स्वास्थ्य सेवाबाट बन्चित नागरिक हरूलाई ध्यानमा राखेर त्यस्ता स्थानहरूमा स्वास्थ्य शाखा सन्चालन गर्दै आएको छ । त्यसरी नै कृषि बाट स्वस्थ र ताजा खानेकुरा, कृषि उपज बाट आय आर्जन मा बृद्धि गराई नागरिकलाई आर्थिक हिसाबले पनि समृद्ध गराउने उद्देश्य का साथ सहमति संस्था को सहकार्यमा कार्यक्रम सञ्चालन भैरहेको छ । २५ वटा कृषक समूह गठन गरि पाँचसय अठासी घरधुरीलाई प्रत्यक्ष उत्पादन मा जोडेको छ भने अन्य परम्परागत सिप हरूलाई बढावा दिने, नयाँ सिपको सृजना गरि नयाँ ब्यवसाय थालनी गराएको छ ।
स्थानीय उर्वरा कृषि सहकारी र काली गण्डकी कृषि सहकारी संस्था लाई सक्रिय, व्यबस्थापन र निति निर्माणमा सहयोग गर्दै सक्षम र योग्य सहकारी गराउनमा टेवा पुर्याएको छ । कोईका नेपालका परियोजना प्रबन्धक मिस्टर चोइ ले नेपालमा दुर्गम क्षेत्र तर मानव बस्ती भएका ठाउँमा विकास पुर्वाधारहरू तयार पार्न स्वास्थ्य सेवालाई स्थापना गरेको बताए । उनले अगाडि भने नेपाल कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न थुप्रै समस्याहरु छन, जसमा हामीले सञ्चालन गरेको कार्यक्रमले समाधानमा सहयोग पुग्ने छ । जनताहरु कडा मिहिनेतले भएकोले कोरीया विकशित देश हुन सफल भएको चर्चा गर्र्दै नेपाली जनता पनि मेहनती इमान र सोझा भएकोले यहाँ आय आर्जनका लागि आवश्यक ज्ञान सिप दिईएको धारणा व्यक्त गरेका थिए ।
धुलिखेल अस्पतालका डा. राम मकाजु, गणतन्त्र कोरियाको नेपाली राजदुतावास प्रतिनिधि सुङगो काङगु, सहमति संस्थाका सुवास सुवेदी लगायत सहभागिताले उद्घाटन सत्रमा थप उत्साह थपेको थियो ।
उद्घाटन कार्यक्रममा घिरिङ गाउँ पालिका अध्यक्ष होम बहादुर थापा, वडा नंवर १ का वडाध्यक्ष रबि चन्द्र घोरासिनी, कृषि उपज संकलन केन्द्र सन्चालन समितिको अध्यक्ष दानबहादुर शाहीले स्वास्थ्य संस्था संचालन र कृषि उत्पादन बाट आय आर्जन बढाउन स्थानीय निकाय कृषकहरु र समितिहरू ईमान्दारीता र विश्वसनीयता साथ कृषि उपज संकलन केन्द्र बाट दैनिक कारोबार बढाउने प्रतिबद्धता जाहेर गर्दै दातृ राष्ट्र र संस्थाहरुलाई धन्यवाद ब्यक्त गरिएको थियो ।