
दमौली/व्यास नगरपालिकाकाले नगरवासीका लागि आफ्नो घर नक्सा विवरण घरमै बसी बसी हेर्न, जान्न बुझ्न सकिने गरी अनलाईन पोर्टलको विकास गरेको छ । व्यास नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाले सेवालाई सहज गराउन ‘खथबक।नजबचलबपकबलभउब।िअयm’ अनलाईन पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ ।
घरनक्सा शाखाका इन्जिनियर प्रविण कैनीका अनुसार घर निर्माण गर्दा नगरपालिकाबाट प्रदान गरिने घरनक्सा सम्बन्धी कामकारबाही के कती भएको छ भने घरबाटै थाहा हुनेछ । यो सँगै उक्त कामको लागि सेवागाहीलाई नगरपालिका धाईरहनु प्रदैन ।” नगरपालिकामा घरनक्सा दर्ता गरिसकेपछि आफनो फाईल कोड पाउन सकिन्छ । उक्त फाईलकोड वेवसाईटमा गएर लगइन गरेपछि घरनाक्साको प्रक्रियागत जानकारी थाहा पाउन सकिन्छ । घरनक्साको फाईलको प्रक्रिया थाहा पाउनुको साथै आफनो कागजात हेर्न तथा डाउनलोड गर्न सकिन्छ ।
निकट भविष्यमा कागजगात रहित डिजिटल सेवा प्रदान गर्नको उद्देश्यले अनलाईन सेवा सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । नगरपालिकालाई पूर्णरुपमा डिजिटिल बनाउन नगरपालिकाले नितिगत रुपमै अगाडी बढेको उनले बताए ।