सिमपानी/घरदैलो तथा भेटघाट कार्यक्रम लिएर मतदातासंग प्रत्यक्ष सम्पर्कमा पुग्ने उद्देश्य लिएका कैची चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपक राज जोशी बुधबार तनहुँसुर पुगे ।
मतदाताहरुबाट अगाध विश्वास र भरोसा लिएको महसुस गरेका जोशीले बेल्टार, फराकचौर, अर्चलचौर, धरमपानी, गङलथोक, पत्यारथोक र सिमपानी क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका थिए । घरदैलोका जोशीसंग स्थानीय बासिन्दाले आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए ।

पिता गोविन्दराज जोशीकै विम्वका देखेका मतदाताले गोविन्दराज जोशीले जस्तै आफ्ना समस्या देखेर, सुनेर, बुझेर समाधान गरिदिने विश्वास व्यक्त गरेका थिए ।
घरदैलो कार्यक्रमकै क्रममा तनहुँ सुरमा अवस्थित सहिद पार्कमा पुगेका जोशी टिमले सहिदहरूको शालिकमा माल्यार्पण गर्दै लोकतन्त्रका लागि जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सिम्पानीमा आयोजित संक्षिप्त कार्यक्रममा भरत मगराती, दीपक राज जोशी, राजकुमार श्रेष्ठ, सगर तामाङ, विष्णु प्रसाद श्रेष्ठ, केशर बहादुर गुरुङ, राजु घर्ती र राजेन्द्र बहादुर माझी सम्वोधन गरेका थिए ।
स्थानीय तहबाट नै राजनीति सुधारको आवश्यकता औँल्याउँदै जोशीले जनताको विश्वास र सहभागितामै समावेशी र उत्तरदायी राजनीतिको आधार निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रमले स्थानीय मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।
