बजेटले को कसलाई लाभान्वित गरायो ?
दमौली/नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिबडाले आर्थिक बर्ष २०७६÷०७७ का लागि १६ खर्वको बजेट बुधबार प्रस्तुत गरेका छन् ।
बजेट भाषणबाट सञ्चार माध्यमहरुलाई पनि सन्तुष्ट गराउने प्रयास गरिएको छ । बृद्ध, अशक्त, अपाङ्ग, एकल महिला, शिक्षक कर्मचारीलाई पनि सन्तुष्ट पार्ने प्रयास गरिएको छ ।
बजेटले लोककल्याणकारी विज्ञापनमा १५ प्रतिशत बृद्धि गरेको छ । बृद्ध अपाङ्ग, एकल महिला लगायतको सामाजिक सुरक्षा भत्तामा प्रतिमहिना एक हजार बृद्धि गरि तीन हजार पु¥याइएको छ । राजपत्र अंकित कर्मचारी शिक्षकको तलबमा १८ प्रतिशत बृद्धि गरिएको छ । राजपत्र अनंकित कर्मचारी शिक्षकहरुको तलबमा २० प्रतिशत बृद्धि गरिएको छ ।
साँसद क्षेत्र विकासको लागि छ करोड विनियोजन गरिएको छ । बजेटले प्रत्येक स्थानीय तहको केन्द्र र प्रदेश केन्द्र जोड्ने सडक निर्माणका लागि विशेष महत्वका साथ बजेट विनियोजन गरिएको छ । स्वदेशी कपडा उद्योगका लागि विद्यूत महसुलमा ५० प्रतिशत छुट दिने व्यवस्था बजेटले गरेको छ । बजेटले सबै नेपालीलाई स्वास्थ्य विमाको दायरामा ल्याउन बजेट विनियोजन गरेको छ । सर्भावल तथा स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बजेटले गरेको छ ।