दमौली/विद्यूत आपूर्तिको अनिश्चिता र लोडसेडिङ्गले हैरान उपभोक्ता र युवा जनशक्ति कुलमान घिसिङ्गले बुधबारबाट नेपाल विद्यूत प्राधिकरणको निर्देशकमा नियुक्ति पाएसंगै उत्साहित बनेको छ ।
अठार घण्टाको लोडसेडिङ्ग भोगेका उपभोक्तालाई जिम्मेवारी पाएको एक बर्षभित्रै लोडसेडिङ्ग हटाएर देखाएका कूलमान घिसिङ्गलाई ११ महिना अघि नै नहटाउन ओली सरकारलाई जनदवाव थियो । तर ओली सरकारले उपभोक्ताको भावनाको कदर गरेन ।
ओली सरकारलाई हटाएर बनेको देउवा सरकारले ३५ अर्बको संचिति घाटालाई आफ्नो कार्यकालमा सुन्यमा पु¥याएर १२ अर्बको मुनाफा प्राधिकरणलाई दिलाउन सक्ने कूलमान घिसिङ्गलाई ११ महिनापछि गरेको पुनरवाहालीले विद्यूतका उपभोक्ता उत्साहित हुनु स्वभाविक पनि हो ।
विद्यूतका उपभोक्ता मात्रै होइन, युवा जनशक्ति पनि विद्यूत प्राधिकरणमा कूलमान घिसिङ्गको आगमनले उत्साहित बनेको छ । तनहुँ घिरिङ्ग–१ अत्रौलीका अमित पोख्रेलको बुझाईमा बल्ल सरकारले एउटा सच्चा राष्ट्रसेवकलाई सम्मान गर्न जान्यो । देश र जनताको पक्षमा काम गर्ने सबै राष्ट्रसेवकलाई यसरी सरकारले सम्मान गर्न सक्नु पर्ने पोख्रेलको सुझाव छ ।
गाउँघरमा त विद्यूतको लाईन छ, बत्ति त आक्लझुक्कल मात्रै बल्दथ्यो, अब कूलमान घिसिङ नेपाल विद्यूत प्राधिकरणको निर्देशक भएर आएपछि गाउँवस्तीमा अनियमित रहेको विद्यूत सेवा नियमित हुने विश्वास मा छन् भानु न.पा.–११ मानेचौकाका विमलराज जोशी । देश र जनताको पक्षमा काम गर्ने राष्ट्रसेवकलाई आली सरकारले ससम्मान विदाई नगरेको कारण सच्चा राष्ट्रसेवकको सम्मानका खातिर पनि देउवा सरकारले कूलमान घिसिङ्गलाई पुनः नेपाल विद्यूत प्राधिककरणमै ल्याएर ठीक गरेको बुझाई भिमाद न.पा. ७ पत्नेरीका मिनसङ्ग थापाको छ । कूलमान घिसिङ्गले जत्तिको राम्रो काम गर्ने, विद्यूत सेवा नियमित गराउन सक्ने, प्राधिकरणलाई नाफामा लैजान सक्ने अरु नभएको हुँदा कूलमानलाई विद्यूत प्राधिकरणमा ल्याएर सरकारले ठीकै काम गरेको बताउँछिन् बन्दिपुर गा.पा. वडा नं. ६ की केशु गुरुङ्ग । युवा जनशक्ति परिवर्तनको बहाक हो तापनि कूलमान घिसिङ्गकै पुनरनियुक्तीमा हौसिनुको कारण के होला भन्ने जिज्ञासा मेटाउँदै भिमाद न.पा. १ किहूँका परशुराम सिग्देल भन्छन्– राम्रो काम गर्ने राष्ट्रसेवकलाई पुनरवाहली गर्ने आमनागरिकको माग विपरित अघिल्लो सरकारले हटाएको कारण कूलमानको सम्मानका खातिर पुनरनियुक्तिले युवाजनशक्ति हौसिएका हुन् ।
कूलमानको बहालीसंगै विद्युत उपभोक्तामा उत्साहको सञ्चार युवा जनशक्ति भन्छ– राष्ट्रसेवक पुरस्कृत भयो
previous post