पृष्ठभूमिः
जुन २९ लागूपदार्थको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । श्रृजनशिल युवा मञ्चले मंगलबार राखेको लागू औषध समस्या र समाधान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमको निष्कर्ष कानुनको प्रयाप्तता भएर पनि अनियन्त्रित दुव्र्यसनिको कारण अभिभावक शिक्षाको अभाव बुझ्न सकिन्थ्यो ।
कानुनको प्रयाप्तताः
कानुनको अभाव भएर हाम्रो समाजमा लागूपदार्थको अवैध ओसारपसार बढेको होइन । सेवनकर्ता कानुनको दायरामा आउन नसकेको होइन । राज्यले लागूपदार्थको अवैध ओसारपसार रोक्न, सेवनकर्तालाई निरुत्साहित गर्न दशवटा भन्दा धेरै कानुन बनाएको छ । मदिरा ऐन २०३१, लागू औषध नियन्त्रण ऐन २०३३, औषधी ऐन २०३५, सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, लागू औषध नियन्त्रण रणनीति २०६६ लगायतका कानुन दुव्र्यशनी कसूरलाई नियन्त्रण गर्न प्रयाप्त मानिएको छ । अभाव ती कानुनको उद्देश्य अनुरुपको कार्यान्वयनको पक्ष हो ।
अभिभावकको कर्तब्यः
यी कानुन आमनागरिक साथसाथै आमअभिभावकले थाहा पाउन जरुरी छ । यो कानुन कार्यान्वयन गर्ने जिम्मेवारी अभिभावकको होइन । तर यो अपराध बढ्नुमा अभिभावक हेलचेक्राई दोषी देखिनु हुदैन । अर्थात आफ्नो बालबच्चाको चालचलन, उठबस, एकान्त प्रियताको बारेमा अभिभावकको अज्ञानता वा बेखबरले उनिहरुको घरभित्र लागूऔषध दुव्र्यसनिको ओसारपसारदेखि सेवनकर्तासम्मको प्रवेश हुन सक्ने खतरा बढेको
छ । अभिभावकले आफ्नो सन्तानलाई असल मार्ग हिडाउन राज्यको भरपर्ने परनिर्भरता पाल्न हुँदैन । यो यथार्थ हो । आमनागरिक आफ्ना बालबच्चाको मात्रै अभिभावक होइन, समाजको समेत अभिभावक हो । आफ्ना बालबच्चा र राज्यसंयन्त्रलाई सही मार्गमा हिडाउने कर्तब्य नागरिक समाजको सदस्यको रुपमा रहेका हरेक अभिभावकमा आइपरेको हाम्रो समाजको यथार्थ हो ।
समाज बदल्ने अभियन्ताः
नेपालको सरकार, राज्यसंयन्त्र र राजनीतिक नेतृत्व देश, समाज र जनसरोकारप्रति जिम्मेवार देखिएनन् । यो परिवेशको समाज परिवर्तन गर्नका लागि अब अभियन्ताहरुको आवश्यकताको महसुस त भएकै हो । तर विभिन्न मिडियाले चिनाएका अभियन्ता देश, समाज र जनसरोकारप्रति जिम्मेवार छन् कि समाज परिवर्तनको यो क्षणमा धमिलो पानीमा माछा मार्नेहरु हुन् आमनागरिकले सजगताका साथ पहिचान गरेर मात्र साथ सहयोग गर्न जरुरी
छ ।
निष्कर्षः
लागूपदार्थको अवैध ओसारपसार व्यापार फस्टाउनु वा सेवनकर्ता बढ्नुमा अभिभावक शिक्षा भन्दा अघि भएको कानुन असल मनसायले कार्यान्वयन आजको आवश्यकता हो अनि बल्ल अभिभावक शिक्षा । कानुन कार्यान्वयन गर्ने व्यक्ति, संस्था, निकायप्रति आमनागरिकको विश्वास र भरोसा जगाउन सके ‘झाँक्री आफै बोक्सी पनि आफै’ को भय र त्रास समाप्त हुन्छ । कसूरका विरुद्ध नागरिक समाज र राज्यसंयन्त्रको एउटै अभियानले सफलता प्राप्त हुन्छ ।
कानुनको प्रयाप्तता र अनियन्त्रित दुर्व्यसनि
previous post