साढे दुई वर्षको रिक्तता अन्त्य गर्दै प्रतिनिधि सभाले गत शुक्रबार उपसभामुख चयन गरेको छ । उपसभामुखमा अर्घाखाँचीबाट निर्वाचित कांग्रेस साँसद पुष्पा भुसाल निर्वाचित भएकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट भुसाल पराजित भएकी थिइन् । दोस्रो प्रयत्नमा उपसभामुख निर्वाचित हुन सफल भुसाल गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदबार थिईन । शुक्रबार सम्पन्न निर्वाचनमा भुसालले २४२ मत खसेकोमा १४८ मत प्राप्त गरिन् । उपसभामुख पदमा एमालेकी सांसद विद्या भट्टराईको समेत उम्मेदवारी थियो । भुसाललाई नेपाली कांग्रेसका अतिरिक्त गठबनधन दलका माओवादी केन्द्र, नेकपा(एस), जनता समाजवादी पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टीको समेत समर्थन रहेको थियो । २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी भुसाल २०१६ जेठ १३ मा बीपी कोइरालाको नेतृत्वमा गठित प्रथम जननिर्वाचित सरकारका स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्री काशीनाथ गौतमकी छोरी हुन् । नेपाली कांग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी भुसाल २०२८ सालदेखि नै सक्रिय राजनीतिमा लागेकी थिईन् । त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन समेत गरेकी भुसाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । तत्कालिन उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फेले २०७६ माघ ६ मा राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।
कांग्रेस सांसद भुसाल उपसभामुख निर्वाचित
previous post