दमौली/नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार पुष ५ को प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमको विरोधमा देशका ७७ जिल्लामा प्रदर्शन तथा सभा गरे ।
तनहुँमा पनि नेपाल ट्रेड युनियन कांग्रेसको नेतृत्वमा सोही दिन कांग्रेसका विभिन्न १६ शुभेच्छुक संस्थाले कांग्रेस जिल्ला नेताहरुको पनि सहभागितामा प्रदर्शन र सभाको आयोजना गरेका थिए । प्रदर्शन र सभामा नेपाल शिक्षक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रेस युनियन, नाई संघ, डेमेक्रेटिक लयर्स एशोसियसन, स्वास्थ्य कर्मी संघ लगाएतको सहाभागितामा आयोजित प्रदर्शनमा खासगरी रोजगारी, स्वास्थ्य, मजदुर हित लगाएत विषयमा नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
सभाका प्रमुख अतिथी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्ना भ्रष्टाचार जन्य अपराध लुकाउन अध्यादेश मार्फत विभिन्न संवैैधानिक निकायमा नियुक्ति दिएको बताए । नेता पौडेलले ओली कदमबाट देशमा अस्थिरता पैदा भएको र यसले विकासमा बाधा उत्पन्न भएको उल्लेख गरे । सरकारलाई सन्तुलनमा राख्ने निकायहरु माथि कब्जा जमाएर भ्रष्टाचारजन्य काम निर्वाध गर्न ओलीले ति निकायमा कब्जा जमाउने कुत्सित मनसायका साथ अध्यादेश ल्याएको पौडेलको आरोप थियो ।
प्रतिनिधि सभा पुःन स्थापनाले मात्र वर्तमान अस्थिरताको अन्त्य हुनसक्ने भन्दै पौैडेलले नेपाली कांग्रेसमा अब द्विविधा हुन नहुने भन्दै सबै मिलेर सात दशक लामो प्रयत्न पछि जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षार्थ लाग्नु पर्ने बताए । सर्वाेच्च अदालतको आदेशबाट संसदको पुनः स्थापना हुने उल्लेख गर्दै पौडेलले व्यवस्था रहे यो संसदको आयु पुरा भएसंगै निर्वाचन हुने तर संसद विघटनको कदमले व्यवस्थानै संकटमा परकोले यसको रक्षा गर्नु कांग्रेसको प्राथमिक दायित्व भएको उल्लेख गरे ।
सभामा कांग्रेसका विभिन्न तहका नेताका अतिरिक्त शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिले मन्तव्य राखेका थिए । केहीले आफ्ना पेशागत हक हितको कुरा उठाएपनि अधिकांशले ओली कदमको विरोघ गरे तर पेशागत हकहित बारेमा विचार राख्न आवश्यक ठानेनन् । सरकारले विभिन्न पेशागत संगठनहरुसंग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गर्दा मजदुरहरु मर्कामा परको विषयमा नेताले त बोलेनन् नै स्वयम पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिले कुरा नउठाउँदा दर्शक÷श्रोता दिर्घामा रहेकाहरु भने निरास देखिन्थे । उनीहरुको गुनसो थियो । पार्टीका नेता तथा संस्था प्रमुखहरु यस्ता सभामा त हाम्रा हित रक्षाका कुरा गर्दैनन भने अरु बेला के कुरा गर्लान् ?
जसको मेहनतको जगनमा देश उभिएको छ, तिनको बारेमा उनैले आयोजना गरको सभामा समेत नबोल्ने नेतृत्वबाट के आशा गर्ने ? उनीहरु निराशा पोखिरहेका देखिन्थे । पार्टीमा जस्तै सहाभागीमा पनि ओली कदम सन्दर्भमा दुइ मत देखिन्थ्यो । कोही आफ्नो रोजाई निर्वाचन भएको बाताइरहेका थिए भने कोही ओली कदमले व्यवस्था नै संकटमा परेकाले प्रतिनिधि सभा पुनः स्थापना हुनु अनिवार्य रहेको बताईरहेका थिए । तत्काल निर्वाचन हुन सक्दा हालको भन्दा कांग्रेसको प्रतिनिधिसभामा उपस्थिति राम्रो हुने तथा रामचन्द्र पौडेलले निर्वाचन जित्ने तर संविधानको मर्ममा प्रहार गरेर हुने निर्वाचनले स्थीरता र समृद्धिमा सहयोग नगर्ने तथा संवैधानिक व्यथिति बढ्ने भन्दै पौडेल प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा लिएर हिँडेकाले उनको राजनैतिक उचाई बढेको निष्कर्ष निकाल्नेहरु पनि सभामा देखिन्थे ।
कांग्रेस शुभेच्छुक संस्थाको विरोध सभा आफ्ना बारे नेताले नबोलेको गुनासो
previous post