दमौली/संविधान र लोकतन्त्र दिगो रहने बलियो आधार निर्माण नहु“दासम्म गठबन्धलाई निरन्तरता दिने प्रतिबद्धता जनता समक्ष जाहेर गरेर खड्गप्रसाद ओलीको संसद विघटन विरुद्धमा पा“च दललाइ एक ठाउ“मा गोलबन्द गराएका प्रचण्डले चुनावसम्म गठबन्धन बचाए । डा. बाबुराम भट्टराई र का“ग्रेसको अनुकम्पाले चुनाव जिते । सरकार गठन गर्ने बेलामा गठबन्धन तोडेर एमालेसंग गठबन्धन गर्न पुगे । विश्वासको मत लिने बेला संसारलाई चकित पार्दै एमाले र का“ग्रेस समेत सबैले मतदान गर्ने वातावरण बनाएर २०७९ पुसमा खसेको २७० मत मध्ये २६८ मतको भारी विश्वास लिन सफल भए । सभामुख देवराज घिमिरेलाई बनाएपछि राष्ट्रपति बनाउने बेला पुनः गठबन्धन तोडेर नेपाली का“ग्रेस सहितको दलसंग गठबन्धन गरेर मिति २०७९ चैत्रमा तीन महिनाको अन्तरमा दोस्रो पटक गठबन्धन फेरेर २०७९ चैत्रमा खसेको २६२ मध्ये १७२ को मतबाट सरकारको नेतृत्व गरे । पुनः तेस्रो पटक का“ग्रेस समेतसंगको गठबन्धन तोडेर एमालेसंग गठबन्धन गर्दै एक बर्ष नबित्दै २०८० फागुन ३० गते विश्वासको मत मागे । खसेको २६८ मतमा प्रचण्डले एमाले सहितका गठबन्धन दलको १५७ मत प्राप्त गरे । विपक्षमा ११० मत प¥यो । एक मत तटस्थ बस्यो ।
तेस्रो गठबन्धनबाट बनेको सरकारको स्वरुपबाट नै यो गठबन्धन पनि अबको तीन महिना पनि टिक्न गाह्रो छ भन्ने अड्कलबाजी चलेको छ । विश्वासको मत माग्ने प्रतिनिधि सभाको बैठकमा भएको सम्वोधन र संकेतिक भावले पनि त्यसको पुष्टि गरेको छ ।
प्रचण्डले तेस्रो पटक विश्वासको मत मागेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष खड्गप्रसाद ओलीले भने– प्रतिपक्षमा पुगेको का“ग्रेसलाई संकेत गर्दै भने आउनुस कुरा गरौं बसौं छलफल गरौं भन्दा सुनिरहेका शेरबहादुर देउवाले संकेतिक सहमति जनाएका थिए । विश्वासको मत दिन नसक्ने कारण संसदमा राख्दै नेपाली का“ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भनेको, – ‘कुरा नचल्ने भनेर भन्नु भयो पूर्व प्रधानमन्त्री ज्यू ले, तलबाट हाम्रो सभापति ज्यूले इसाराले कुरा चल्ने हो भन्नु भयो, कुरा नचल्नेहरुको कुरा चल्यो भने यहाँको यात्रा कता चल्ला प्रधानमन्त्री ज्यू, पालैपालो विपक्षीमा रहेकाहरु एउटै पक्षमा उभिए भने नी, धोका खाएकाहरु एक हौ भनेर नारा लाए भने नि, तब राजनेताको गद्दीको हालत चाहि के होला नि सम्मानीय प्रधानमन्त्री ज्यू’ भनाईले यो गठबन्धन धेरै अगाडि जान नसक्ने संकेत गरिरहेको छ ।
खड्गप्रसाद ओलीको विघटनका विरुद्धमा कबुल गरेका दलहरुले जनादेशलाई धोका दि“दै संविधान र लोकतन्त्र दिगो रहने बलियो आधार निर्माण नहु“दासम्म गठबन्धलाई निरन्तरता दिने कबुल विरुद्ध एक बर्षमै तीन पटक विश्वासको मत लिने संस्कार बसाले । अन्ततः संसद विघटन नै त्यो बेलाको अन्तिम विकल्प रहेको पुष्टि गरि दिएका छन् । त्यसैले पनि पछिल्लो एक बर्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने भनिएको लिखित सहमतिसम्म यो गठबन्धन पुग्नै नपाउने संकेत गरेको छ । २०६३ साल बैशाख ११ गते तत्कालिन राजासंग सात दलले गरेको पा“च बु“दे सहमति त कार्यान्वयन नभएको यो मुलुकमा कुन सहमतिको के अस्तित्व ?
एक वर्ष नबित्दै तेस्रो पटक विश्वासको मत
सबै दलले पुष्टि गरे विकल्प मध्यावधि चुनाव
previous post