दमौली/व्यास नगरपालिका तनहुँले एकीकृत धुम्ती शिविर सञ्चालन गर्ने भएको छ । पुस ११ देखि २० गते सम्म सञ्चालन हुने सो शिविरमा ५ प्रकारका सेवा प्रदान गरिने भएको छ ।
व्यास नगरपालिका कार्यालयद्वारा वडा कार्यालयबाट नै योजना सम्झौता, स्वास्थ्य परिक्षण, कृषि सेवा, पशु परामर्श सेवा, व्यक्तिगत घटना दर्ता गर्ने गरी एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
