गणेश श्रेष्ठ
ऋषिङ नेपाल विद्यार्थी संघ ऋषिङ गाउँ पालिकाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । शिवसरस्वति माविका नेविसंघ सभापति रञ्जित रानाको सभापतित्वमा सम्पन्न अधिवेशनले रिमबहादुर आलेलाई संयोजक चयन गरेको छ । अधिवेशनले उप संयोजकमा चाँदनी श्रेष्ठ तथा सदस्यहरुमा देवी थापा, विपिन थापा, भुवन थापा, नारायण श्रेष्ठ, सुनिल रानाभाट, रेखीराम थापा र रन्जीत रानालाई चयन गरेको छ ।
यसै गरी अधिवेशनले जिल्ला प्रतिनिधिमा रिमबहादुर आले, रन्जीत राना, सुनिल रानाभाट, भुमिका श्रेष्ठ, अशोक शाही र सन्तोष नेपालीलाई चयन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं २ का सचिव इन्द्रबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा बोल्दै प्रमुख अतिथी आलेले नेपाली कांग्रेसको जग भनेको नेवि संघ भएकाले कांग्रेसको भविष्यका लागि नेवि संघ खटेर लाग्नु पर्ने बताए । अधिवेशनमा नेका ऋषिङ गाउँ पालिका संयोजक रामनाथ काफ्ले, अधिवेशन संयोजक हिरा थापा, तरुण दल क्षेत्र नं २ का संयोजक दानबहादुर श्रेष्ठ, मथुराकृष्ण श्रेष्ठलगायतका वक्ताले नेविसंघ थप सशक्त र जुझारु हुनुपर्ने बताए ।