कोटदरवार/नेरेसो कोटदरवार उपशाखाले कार्यालय भवन शिलान्यास र एम्बुलेन्स चालक सम्मानसहित आफ्नो चौथो उपशाखा सभा सम्पन्न गरेको छ ।
उपशाखा सभापती ईन्द्र आलेका अनुसार शिलान्यास प्रमुख अतिथि ऋषिङ्ग गा.पा. अध्यक्ष श्री राजेन्द्रकृष्ण श्रेष्ठज्यूबाट सम्पन्न भएकाे हाे ।
काेभिड-१९ काे जाेखिमपूर्ण समयमा साहस र समर्पणकासाथ एम्बुलेन्स सेवा प्रदान गरेकाेमा रू. ५,०००।- नगदसहित चालक तुलाराम थापालाई सम्मान गरिएकाे हाे ।
उपशाखाकाे भवन निर्माणकाे लागि ऋषिङ्ग-७ स्थित खपटेडाँडाकाे एेलानी जग्गा गाउँपालिकाबाट प्राप्त भएकाे हाे ।
उपशाखा सभाले खपटेडाँडालाई रेडक्रस डाँडा नामाकरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
भवन निर्माणार्थ ऋषिङ्ग गा.पा. ७ नं. वडाबाट अा. व. २०७७/०७८ मा रू. ५ लाख बजेट विनियाेजन भएकाे छ ।
जग्गा तथा बजेट उपलब्ध गराएकाेमा ऋ्षिङ्ग गाउँपालिका, ऋषिङ्ग गा.पा. ७ नं. वडा कार्यालय, वन कार्यालय, वन उपभाेक्ता समितिप्रति हार्दिक धन्यवाद र गा.पा. अध्यक्ष एवं वडाअध्यक्ष जंगवीर अालेज्यूप्रति विशेष धन्यवाद तथा अाभार ।
उपशाखाले एक सभाहलसहित तीनतले भवन बनाउने लक्षय राखेकाे छ भने एक वर्षभित्र पहिलाे तल्ला निर्माण गर्ने याेजना बनाएकाे छ ।
उपशाखा तथा भवन शिलान्यास कार्यक्रम सम्पन्न गर्न सहयाेग पुर्याउनुहुने सबैप्रति उपशाखा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
(२०७७/०९/११)