दमौली/उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी संचालक समिति र कर्मचारीलाई शुक्रबार क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।
सहकारी संस्थालाई समयानुकुल वित्तिय सुधार र शेयर सदस्य मैत्री बनाउने उद्धेश्यले प्रदान गरिएको तालिममा घरजग्गाको धितो मुल्यांकन विधिको बारेमा ईन्जिनियर रविन्द्रलाल मुल र सहकारी संचालन मापदण्ड बारेमा नेफ्स्कुन खैरेनीटार शाखा प्रमुख दिपक आचार्यले प्रशिक्षण दिएका थिए ।
सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि मोवाईल एप्सबाट मुलुकभित्रका जुनसुकै बैंकमा सजिलै रकम ट्रान्सफर गर्न र बैंकबाट उद्यमशील बचत तथा ऋण सहकारी संस्थामा रहेको खातामा रकम पठाउन सकिने प्रवन्ध गरेको छ । क्लाउड वेशमा संचालित सो सहकारीले नीति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै तनहुँमै छुट्टै पहिचान बनाउन लागि परेको सहकारी संस्था लि.का अध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले बताए ।
तालिममा सहकारी संचालक समिति, लेखा समिति, ऋण लगानी उपसमिति लगायत कर्मचारी गरी २५ जना सहभागी थिए ।
उद्यमशीलद्धारा क्षमता अभिवृद्धि तालिम
previous post