गल्वुवेशी/व्यास–१ गल्वुवेशी स्थित नवआर्दश आमा समूहलाई स्थानीय हरि बहादुर हड्खलेले झण्डै पच्चिस लाख मूल्य बराबरको साढे दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् । आमा समूहले स्थानीयस्तरमा धेरै प्रसंसनीय काम गरेको चर्चा गर्दै आफ्नै भवन भएमा आमा समूहलाई अझै रचनात्मक काम गर्ने उत्साह थपिएला भनेर आफ्नो पिता पिताम्बर हड्खलेको स्मृतिमा साढे दुईआना जग्गा निःशुल्क प्रदान गरेको बताए ।
आमा समूहका कानुनी सल्लाहकार डम्बरदेव हड्खलेले दिनुभएको जानकारी अनुसारे गाउँमा रहेका समाजसेवी भनिन मनपराउने एकजना धनाढ्य व्यक्तिले आमासमूहलाई ३÷४ आना जग्गा दिने बचन अनुसार प्राविधिक अमिनले जग्गा नापजाँच गरी छ्ट्टयाई सकेको अवस्थामा पास गर्न नमानेको भरखरै आफ्नो जन्मस्थान घर आएका समाजिक भावना भएका बेलायतवासी हरिबहादुर हड्खले थाहा पाएपछि आमा समूहको खिन्नता मेटाउँदै सो जग्गा दान गरेका थिए । हड्खलले बोले अनुसार मालपोत कार्यालय तनहुँबाट पास गरेर जग्गा दिएपछि उत्साही बनेकी आमा समूहकी अध्यक्ष सावित्री हड्खलेले अब चन्दा संकलन गरेर आमा समूहको आफ्नै भवन बनाउने बताईन ।
नव आर्दश आमा समूह २३ बर्ष अघि रेनुका हड्खलेको अध्यक्षतामा स्थापना भई पिता खड्कबहादुर सिलवालको स्मृतिमा छोरा रामकाजी सिलवालले प्रदान गरेको दुई आनाको जग्गामा प्रतिक्षालय, अकला मन्दिर, महादेव मन्दिर, दुईवटा ट्रष्ट हल निर्माण गर्नुका साथै सरसफाई, मनोरञ्जनात्मकका साथै सचेतनामूलक कार्यक्रमहरु चलाउँदै आएको कानुनी सल्लाहकार डम्बरदेव हड्खलले बताए ।