रमेश विकल
आज संसारभर प्लास्टिक प्रदूषण विरुद्ध एकजुट भई यसका कारण हुने प्रदूषणको अन्त्य गर्न विश्व समुदायलाई आग्रह गर्दै विश्व वातावरण दिवस मनाईँदैछ । गणतन्त्र कोरियाले यो दिवसको विश्वव्यापि कार्यक्रम आयोजना गर्दैछ ।
विश्वभर हरेक वर्ष झण्डै चार खर्ब टन प्लास्टिक उत्पादन हुने तर त्यसको आधा मात्र पुनः प्रयोग गर्न मिल्ने खालको प्लास्टिक हुने गर्दछ । कुहिन दशक वा शताब्दीसम्म लाग्ने र वातावरणलाई प्रदूषित बनाउने भएकाले विश्व समुदायलाई प्लास्टिक टाउको दुखाइको विषय बनेको छ ।
पछिल्ला वर्षहरुको वातावरण दिवसमा प्लास्टिकको प्रयोगमा कमि ल्याउने विषयलाई प्राथमिकतामा राखेर उठाउने गरिएको भएपनि प्लास्टिको प्रयोगमा कमि आएको छैन । हामीले आफैलाई प्लास्टिकको प्रयोग कम गर्ने के गरेका छौं भनेर सोध्ने हो भने चित्त बुझ्दो जवाफ छैन । प्लास्टिको झोलाको सट्टा कपडाको झोला प्रयोगमा ल्याउन सक्छौं । प्लास्टिकको कप वा थालको सट्टा स्टिलको कप वा थाल प्रयोग गर्न सक्छौं तर त्यता हाम्रो ध्यान जान सकेको छैन ।
वातावरण प्रदूषण कै कारण पृथ्वी तात्तिँदै जाँदा उत्तरमा चाँदी झै टल्कने सेतो हिमाल कालो देखिन थालेको छ भने कहिले खडेरी परेर मानिस प्यासले आकुल व्याकुल हुने गरेका छन् त कहिले अतिवृष्टिको कारण मानिसको उठिबास हुने गरेको
छ । प्रदूषणले पृथ्वीको सन्तुलनमात्रै खल्बलिएको छैन, विभिन्न महामारी, प्रकोप र प्रलय देखा परिरहेका छन् ।
प्लास्टिकको प्रयोग कम गरेर वातावरण संरक्षणमा थोरै भनेपनि योगदान गर्ने हेतुले व्यास नगर पालिकाले नगरभित्र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउन खोज्दा व्यापारीहरुले असहयोग मात्र गरेनन् प्रतिवादमा नै उत्रिए । यसले आम मानिसमा प्रश्न उब्जाएको छ,आफ्नै स्वास्थ्यमा अत्यन्त प्रतिकुल असर पार्ने प्लाष्टिकको प्रयोगमा लगाउन खोजीएको प्रतिबन्ध किन व्यापारीका लागि मान्य भएन ?
स्वच्छ वातावरणको हकलाई नेपालले मौलिक हकको रुपमा व्याख्या गरेको भएपनि आम मानिसले स्वच्छ वातावरणमा रहन पाउने अवस्था छैन । हाम्रा नदीनाला र पाखा पखेरा प्लाष्टिकले भरिभराउ भएका
छन् । यत्रतत्र प्लाष्टिकको राज
छ । घरमा प्लाष्टिक, अफिसमा प्लाष्टिक, होटलमा प्लाष्टिक, पसलमा प्लाष्टिक ।
यसपटक विश्व वातावरण दिवसको नारालाई सार्थकता दिन र आफ्नै अस्तित्व रक्षाका लागि हामीले प्लास्टिको प्रयोग अन्त्य गर्ने प्रतिवद्धता जनाउनु अनिवार्य भएको छ । रमेश विकल

यसपटक विश्व वातावरण दिवसको नारालाई सार्थकता दिन र आफ्नै अस्तित्व रक्षाका लागि हामीले प्लास्टिको प्रयोग अन्त्य गर्ने प्रतिवद्धता जनाउनु अनिवार्य भएको छ ।
आज विश्व वातावरण दिवसप्लास्टिक प्रदूषण अन्त्य गर्न आग्रह
previous post