रमेश विकल
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच असार १७ मध्यरातमा सत्ता साझेदारी लगाएतका विषयमा सात बुँदे सहमति भएको थियो ।
सञ्चार व्यवसायी रामेश्वर थापाको घरमा भएको उक्त सहमतिका सम्बन्धमा दुवै पार्टीका कतिपय दोस्रो तहका नेतालाई समेत थाहा नभएको बताइएको थियो । साउन ६ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सार्वजनिक गरेपछि मात्र सम्बन्धित पार्टीका नेता तथा कार्यकर्ता र आम सर्वसाधारणले उक्त सहमति भएका कुराहरु थाहा पाए ।
सहमतिको पहिलो बुँदामा जनचाहना बमोजिम भ्रष्टाचार नियन्त्रण गर्ने, राष्ट्रको हित रक्षा गर्ने, विकास निर्माण अभियानलाई तिव्रता दिने तथा राष्ट्रिय सहमतिको सरकार बनाउने उल्लेख छ । संविधान संसोधान गर्ने, अर्थतन्त्रलाई गतिशिल बनाउने लगाएतका बुँदा समेटिएको देउवा–ओली सहमतिको सबैभन्दा पेचिलो बुँदा भने बुँदा नं ४ हुने निश्चित जस्तै छ । देश र नागरिकका आवश्यकता जे सुकै होउन मतलब नराख्ने तर सत्तामा रहने कुरामा अर्जुन दृष्टि राख्ने हाम्रा नेताहरुले सत्ता साझेदारीको सहमति कति पालना गर्लान भन्ने जिज्ञासा आम नागरिकमा छ ।
देउवा–ओलीबीच भएको सहमतिको चौथो बुँदामा भनिएको छ, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।
ओली आफ्नैै पार्टीका अर्का नेतालाई त सहज सत्ता हस्तान्तरण नगर्ने व्यक्ति हुन यस्तोमा उनले देउवालाई त्यो पनि चुनावी सरकारको नेतृत्व गर्नेगरी सत्ताको चावी सुम्पिन्छन् भन्ने कुरामा धेरैलाई आशंका छ । ओलीले मंगलबार एक कार्यक्रममा दुई वर्ष हुनु एक हप्ता पूर्व आफुले राजिनामा दिएर देउवालाई सत्ता सुम्पने बताए पनि राजनीतिका माहिर खेलाडी ओलीले आफ्नै नेतृत्वको निरन्तरताका लागि अन्य दलको साथ लिने र कांग्रेस प्रतिपक्षमा धकेलिने आंकलन गरिएको छ । यो आंकलन कांग्रेसको खासगरी दोस्रो तहका नेताहरुले गरेको अभाष हुन थालेको छ । ओलीले विश्वासिलो व्यवहार नदेखाउने हो भने यसैले स्थायीत्वको नारा दिएर बनेको वर्तमान गठबन्धनको आयू छोटिने छ ।
असार १७ मध्यरातको कांग्रेस एमाले सहमति: के ओलीले दुई वर्षपछि सत्ता छोड्लान् ?
previous post