ऋषिङ÷ भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम अन्तर्गत साविक रानीपोखरी र कोटदरवार गाविसका अपाङ्गता भएका व्यक्तिहरुलाई जीविकोपार्जनको लागि नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखामार्फत बुधबार तेह्र लाख सत्तरी हजार सहयोग वितरण गरिएको छ ।
माघ २३ मा साविक कोटदरबारमा नेरेसो तनहुँका उपसभापति ऋषिराम पोख्रेलको सभापतित्वमा आयोजित कार्यक्रममा ८१ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई जनही १० हजार रुपैयाँका दरले जीविकोपार्जन सहयोग वितरण गरिएको हो । सो अवसरमा प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेर रेडक्रसले प्रसंसनिय काम गरेको बताईन् । कार्यक्रममा ऋषिङ गा.पा वडा नं ७ का अध्यक्ष जंगवीर आले, नेरेसो तनहुँँका मन्त्री चिनु पोख्रेल, उपकोषाध्यक्ष सुकुमलाल गुरुङ्ग, सदस्यद्वय महेन्द्रकुमार श्रेष्ठ र सुशिल नराल, कोटदरबार उपशाखाका उपकोषाध्यक्ष विष्णुबहादुर आले स्वावलम्बन समूहका संयोजक सन्तबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन फोकल पर्सन करुणानिधी भट्टराईले गरेका थिए ।
एक सय ३७ घर परिवारलाई जिवीकोपार्जन सहयोगका लागि १०÷१० हजार रुपयाँका दरले रकम वितरण गर्ने क्रममा साविक रानीपोखरीको पल्ट्याङमा पनि ५६ घरधुरीलाई रकम वितरण भएको छ । नेरेसो तनहुँका सभापति कष्णहरि वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नं. ८ की अध्यक्ष भविसरा आले, कोषाध्यक्ष हरिशरण पण्डित, सदस्य रामदत्त पौडेल तथा रानीपोखरी शाखा सभापति रमेशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रको सञ्चालन नेरेसोका शाखा अधिकृत शिवकाजी पियाले गरेका थिए ।