दमौली/गण्डकी प्रदेशका समानुपातिक सांसद डोवाटे वि.क.ले सोमबार विनाविभागिय मन्त्रीको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गबाट सपथ लिएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र उनको परिवार सांसद डोवाटे वि.क. र उनको परिवारको राजनीतिक त्याग, समर्पण र त्यो परिवारले भूमिगत समयमा अन्दोलनमा सक्रिय पोखरेल परिवारलाई पु¥याएको सहयोगप्रति अनुग्रहित रहेको थियो । पहिलो पटक मन्त्री परिषद विस्तार हुँदा नै मन्त्री छनौटमा परेर सपथका लागि आमन्त्रित भएका डोवाटे वि.क. बीच बाटोमा पुगेपछि संयुक्त सरकारको समिकरणका कारण मुख्य मन्त्री पोखरेलले अर्कैलाई मन्त्री बनाउन बाद्य भएका कारण वि.क. फर्कन बाद्य भएका थिए ।