विद्यार्थी र अभिभावक बुझाईमा यो पद्धतिको कक्षा
दमौली/शैक्षिक आँकडा अनुसार मुुलुकमा अहिले ७६ लाख विद्यार्थी छन् । मुुलुकमा कोरोना संक्रमण बढेपछि विकसित अध्यापनको अनलाईन पद्धतिमा २० प्रतिशत विद्यार्थीको मात्र पहुँच रहेको शैक्षिक आँकडाले बताएको छ । त्यसमा पनि अनलाईन पद्धतिको परीक्षाको सकारात्मक र नकारात्मक दुबै असर परेको सार्वजनिक भएको छ । त्यसैगरी बन्दाबन्दीको यो लामो अवधिले नेपाली परिवेशका करिव ५० प्रतिशत किसोर किसोरी विद्यालय शिक्षाका लागि नफर्कने अनुमान गरिएको छ ।
बन्दावन्दीको समयमा टिकटक, पब्जी, फ्री फायर गेम तानेको बालबालिकाको ध्यानाकर्षण गर्न अनलाईन पद्धतिको शिक्षण कला सिक्दै
गरेका अध्यापकहरुले मुस्किल परेको पाईन्छ ।
अनलाईन पद्धतिको प्रविधिमैत्री कक्षाले वाईफाई नभएका अभिभावकलाई वाईफाई जोड्नु पर्ने व्ययभार थपिदिएको छ । अभिभावकलाई ल्यापटप र मोवाईल खरिद गर्न बाध्य पारेको छ । बालबालिकामा बढेको टिकटक र पब्जी, फ्रि फायर गेमको आकर्षणले दुर्घटना निम्त्याएका उदाहरणहरु पनि समाजमा चर्चा चलेको पाईन्छ ।
विद्यालयले अनलाईन कक्षाको सञ्चार गराई दिएपछि अनलाईन सुविधा उपभोग गर्न नपाएका विद्यार्थीहरु डाटाबाट कक्षामा सहभागी हुनु पर्दा झै खर्चिलो भएको अध्यापकहरुको बुझाई रहेको छ । खर्चिलोको अनुपातमा प्रभावकारी कक्षा हुन सकेको पनि पाईदैन । साथै विद्युतिय आपूर्तिको अनमियतताले नि अनलाईन कक्षालाई थप असफल बनाएको छ ।
अनलाईन कक्षा खर्चिलो, कक्षाकोठाको जस्तो प्रभावकारी नभएको भएता पनि लामो बन्दाबन्दी छोराछोरीको शैक्षिक भविष्यमा पारेको प्रभावप्रति सजग अधिकाँश अभिभावकहरु सन्तुष्ट देखिएका छन् । एकथरी अभिभावकहरु बालबच्चाको आँखा कमजोर गराएर टाउको दुखेको हो कि भन्ने चिन्ता व्यक्त गर्दछन् । साथै होमवर्क त दिने गरिएको छ, त्यसको प्रभावकारी जाँच हुने प्रविधि अवलम्बन हुन सकोस् भन्ने अभिभावकिय अपेक्षा देखिन्छ ।
नेपाली परिवेशमा अनलाईन कक्षा सञ्चालन गर्ने अध्यापकहरुको मेहनत र परिश्रमको सह्राना गर्दै पाठ्यक्रम सक्ने ध्येयले भन्दा पनि विद्यार्थीलाई आफुसंगै हिडाउने र बुझाउने तर्फ ध्यान पुग्न सकोस् भन्ने आग्रह गर्दछन् । प्रश्न उत्तर शैली अझै प्रभावकारी बनाउन तर्फ अध्यापकहरुले मेहनत गरिदिए अनलाईन कक्षा प्रभावकारी हुने अपेक्षा राखेको पाईन्छ । विद्यार्थीको बुझाईमा कक्षाकोठाको जस्तो प्रभावकारी अनलाईन कक्षा नभएपनि सिक्न पाएको बताउँछन् । तर कक्षाकोठामै गएर पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ ।