दमौली/व्यास नगरपालिकाले २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकले अनलाइन कक्षा सञ्चालन हुन नसकेका खण्डमा यस्तो व्यवस्था गर्न जिल्ला जोखिम व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । नगरपालिकाका अनुसार भाद्र १३ बाट यस्तो कक्षा चलाउने तयारी छ ।
अनलाइन कक्षा हुन नसके २५ जनाको प्रत्यक्ष कक्षा
previous post