आमा– भुजङ्गप्रयात
आदरणीय पाठक महानुभावहरु !
सधैंझै नमस्कार र अभिवादन ।
आमा खण्डकाव्यको तेस्रो भुजङ्ग प्रयात छन्दमा जम्मा १२ वटा श्लोकहरु पोखिएका छन् । आमाको शोकको लहरी उर्लिएको छ । आमाले काखमा शास फेर्न छाडेको बच्चाको मुखमा हेरेर प्रश्न गर्छिन् । यसरी–
-उदायौ (जन्म लियौ), निदायौ (अस्तायौ) लिई चाल कस्तो म आमा यस्तो बेहाल (आकुल व्याकुल) बनेकी छु । जो यो (मेरो) कोखमा बस्यौ, तिमी आउन (जन्म लिदा) मा गर्व गर्थे । म आमा हुन पाएकोमा गर्व गर्थे ।
-म आमा नमर्दै तिमी मर्नुपर्ने ? म पैल्यै नमर्ने (आमाभन्दा पहिला बच्चा मर्ने), कस्तो न्याय भयो ? यतातिर वक्ष (दुधको धारा) बग्दा सुकेको छ घाँटी (बच्चाको), सबैकुरा भएको सत्य हो म ऐले सबै कुरा नढाँटी भन्दैछु ।
-दैवलाई लाछी भनेको भनाई मैले मानिन कसैले भने पनि, तर यो सवाइ (कमा) ऐले बल्ल बुझेँ, दैव सदैव (सधैभर) लाछी रहेछ । ऐले मेरो यो दुखको कथामा त दैव् लाठीको भरमा अर्काको धनमाल हडप्ने लठै त जस्तो भयो ।
-भित्री इरादा सके सोस्ने, लाने किसिमको छ । म आमा बनेको द्यौता हराएछ । म (आमा) धरामा आएँ । मै उर्वरा बनौँ । म आमा कन्दरामा नै उज्यालो बनेँ ।
-(ऐले) म प्यासी, उदासी आमा बनेकी छु । (मेरो काम) बच्चा खोज्नु थियो । म बाँचेकी छु मर्दै (मरेतुल्य), मेरो बाबु जागृत सत्य थियो सूर्य चम्के जस्तो, कहाँ टिक्न सक्छन् उषा (विहान) मा असत्य (अन्धकार, अन्यायका लाछीपना) ?
-म आमा ऐले प्रभामा उन्मुक्त (फुक्काफाल) छु । मलाई कसैले पिरोल्न नखोजे हुन्छ । कालले जो बदमासी ग¥यो, मैले काललाई चुटें, ऊ थला पर्दैछ । म घाँटीमा कालकुट (हलाहल) बीष लिएकी नीलकण्ठ (निलो घाँटी भएकी) सक्षात् भगवती भएकी छु ।
-यो वेथितिमा लाग्न भोलेनाथ महादेवलाई समातेर ताण्डव नृत्य नाचौं । कि काललाई सामुन्नेमा डाकेर त्यसको झाँको झारौं ? कि नमातीकन आस्था उमारेर समाधी बनेर कालकै निम्ति फन्दा (पासो) बनौं ?
-गुरो ! म अहिले अर्चनामा छु, बन्दनामा छु । नयाँ कल्पनामा म कालजेयी (काललाई जित्ने) भएँ । कि (त्यो बेलामा) कालीलाई पुकारेर कि आफैँ कालको टुप्पीमा समातेर आफ्नै खुबीले रिगाऊँ ?
-म आमा हुनाले दयाकी निशानी (चिन्ह, रुप) हुँ । म आफैँ करुणाकी खानी बन्नेछु । म दयामा डुब्थें, काललाई माफी दिएँ ।
-ठुँगिस् (काल) फेरि आएमा भनेमा तँ मर्छस् । हे काल बुझेस्, तेरै प्राण चुसें । तँ मर्छस् । म उमाकी छोरी कालकी आमा बनेर, आरती बल्दै (यो) विश्वलाई घुमाएकी छु ।
-म आमा निराली ( अनौठो प्रकारकी) छु, मेरो शैली उन्मुक्त (फक्काफाल) छ । म काललाई निल्ने उज्याली अपर्णा (पात समेत ननिल्ने) उज्याली बनेकी छु । साथै नौलो प्रभा लिएर म आमा रमेकी छु ।
-म निष्णात (निख्खर सफा) आत्मा अझै बन्न थाले । रमाएर सूर्य आए (मेरो बालक बन्न) मेरो वक्ष पिएका बिलाए र मैले आफुलाई समालें ।
यसरी आमाले पिर ओकालेकी छन् ।
क्रमश…..