अक्षय
पाठक महानुभावहरू !
अस्ति मङ्गलवार अक्षय तृतीयाको दिन थियो । जो कसैले पनि जीवनमा अक्षय (कहिल्यै पनि क्षय अथवा नाश नहुने) सुख, शान्ति र आनन्द चाहेको हुन्छ । हजुर चाहनु हुन्छ, म चाहन्छु र अरुहरू पनि यस्तै चाहन्छन् होला भन्ने मेरो मान्यता छ । सुख, शान्ति र आनन्द, त्यो पनि सधैं भर अक्षय रहने किसिमको लाई कसरी प्राप्त गर्ने र त्यसलाई दीगो रूपमा आफुसित कसरी सम्हाली राख्ने भन्ने कुरा हामी सबैको चासोको विषय हो ।
प्रारम्भ:
अहिले हामी नयाँ वर्ष २०७६ को पहिलो महिना बैशाखको अन्तिमतिर छौं । यस अङ्कमा हामी नयाँ वर्षलाई निरन्तर सक्रिय रूपमा कसरी प्रभावकारी बनाउन सकिन्छ र यो उत्साहलाई कसरी अक्षय बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्ने छौं । यो वर्ष लाभको वर्ष होस्, समृद्धिको वर्ष होस्, प्रगतिको वर्ष होस्, कल्याणको वर्ष होस् र विश्वशान्तिको लागि अविष्मरणीय वर्ष होस्, हामी यही चाहना गर्छाैं । यही कामना गर्छाैं ।
पाठक महानुभावहरू !
नयाँ वर्ष २०७६ को आगमन सङ्गै सीमितताका सम्पूर्ण पर्खाल सजिलै नाघ्न सकिने सम्भावनाका अनन्त द्वारहरू खुलेका छन् । म सीमितताका सम्पूर्ण पर्खाल नाघेर विराट क्षेत्रमा प्रवेश गर्दैछु, जहाँ उज्यालाका सम्भावनाहरू सदा सर्वदा भर्भराउँदा उज्यालाका रूपमा विद्यमान छन् । जसले अत्यन्त उज्ज्वल एवं मुल्यवान सपनाहरू उजागर हुनेछन् ।
नयाँ वर्ष २०७६ मा मेरो पहिलो विनम्रता पूर्ण कामना र प्रार्थना भनेको पाठक महानुभावहरूले पुराना कमजोर र अहितकर सोच र व्यवहारलाई तिलान्जली दिनुहोस् । बितेका वर्षका कुभलो गर्ने खालका आनिबानी सोच र ब्यवहारमा आमूल परिवर्तन गर्नुहोस् । मरणशील शरिर समेत जुनसुकै बेला अनिश्चयको भूमरीमा तैरिरहेको हुनाले, हानीकारक बानी ब्यहोरालाई चटक्कै छाडी दिनुहोस् । ती हजुरका बानी हैनन् । हजुरसित त उज्यालो सोच र समझदारी छ, जस्ले हजुर आफु मात्र नभएर हजुरको वरिपरि पनि झलमल्ल उज्यालो पैmलाउन सक्नेछ ।
आज यति खेर एउटा छनौट गर्नुहोस् । हजुर कम्तीमा आज, अहिले, यतिन्खेरै कुन खराब बानी छोड्न चाहनु हुन्छ, निक्र्याैल गर्नुहोस् र सो कुरालाई दृढ सङ्कल्पले पूरा गर्नुहोस् । आफ्नो मन र अठोटलाई दरो बनाउनु होस् । हजुर आफुलाई कमजोर नसोच्नुहोस् । भगवानको आराधनामा बढी समय दिनुहोस्, यदि हजुर भगवानमा विश्वास गर्नुहुन्न भने पनि आफ्नो नैतिकता र आचरणलाई समृद्ध बनाउनु होस् । प्रत्येक दिन केही समय यस्तै भगवान वा अन्य शुभ चिन्तनमा खर्चने बानी बसाल्नुहोस् । मैले पहिले नै निवेदन गरी सकेको छु, आफुलाई सबल, सक्षम र पराक्रमी सम्झनु होस् । आफु भित्र भएको आत्मिक आनन्दको अनुभूतिलाई अनुभव गर्नुहोस् ।
पाठक महानुभावहरू !
यो अभ्यासलाई निरन्तरता दिनुहोस् । आफुसित भएका ज्ञानका भोक र भावनालाई मलजल गर्नुहोस् । अन्तरात्मामा भएको विकासको प्रारम्भिक खोजमा आफु कसरी अगाडि बढी रहेको छु भन्ने बुझ्नका लागि शुरुमा विभिन्न मार्गको बारेमा र असल गुरुको खोजमा लाग्नु अनुचित होइन । तर जब हजुर आफ्नोलागि निर्धारित गुरु पाउनुहुन्छ, तब हजुरले त्यो तलाउ प्राप्त गर्नुहुनेछ, जहाँबाट हजुरका सबै प्रकारका तिर्खा मेटिनेछन् । यौटा बुद्धिमान मान्छेको कर्तव्य निरन्तर नयाँ पानीका मूलहरू खोज्दै हिंड्नु हुँदै होइन । यौटा ताजा पानीको स्वच्छ तलाउ भेटे पछि, निर्धक्कसङ्ग तलाउबाट प्यास मेटाउनु हो ।