26.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

हातहतियार राख्न पाउने अनुमति विवाद

अधिवक्ता ऋषिराम पोख्रेल

पृष्ठभूमिः
बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन माग गर्दै दुर्गा प्रसाईले दायर गरेको रिट निवेदनको सुनवाईमा सहभागि हुन सर्वोच्च पुगेका दुर्गा प्रसाईको व्यक्तिगत सुरक्षाकर्मिको साथबाट हतियार बरामद भयो । ती सुरक्षाकर्मि दीपक खड्का र रामकुमार धिमाल पक्राउ परे । अहिले दुर्गा प्रसाईले पाएको हतियार लिएर हिड्ने अनुमति विवादमा छ ।
कानुनी विवादः
दुर्गा प्रसाईले हातहतियार खरखजना ऐन २०१९ अनुसार झापा जिल्ला प्रशासन कार्यालयबाट २०७५ सालमा लिएको इजाजत नियमित नविकरण भएको छ । नेपाल भर जुनसुकै क्षेत्रमा लिएर हिड्न पाउने र आवश्यकता अनुसार प्रयोग गर्न पाउने अनुमति दुर्गा प्रसाईले पाएका छन् । अब प्रश्न रह्यो दुर्गा प्रसाईले आफ्नो सुरक्षाका लागि लिएको हतियार आफ्ना सुरक्षागार्डलाई दिन पाउने नपाउने ? नेपाल प्रहरीले सर्वोच्च परिशरबाट चेकजाँचका क्रममा नियन्त्रणमा लिएका दीपक खड्का र रामकुमार धिमाल दुर्गा प्रसाईका सुरक्षाकर्मि भएको कुरामा विवाद रहेन । नेपाल सरकारले नेपाल भर जुनसुकै क्षेत्रमा लिएर हिड्न पाउने र आवश्यकता अनुसार प्रयोग गर्न पाउने अनुमति प्रदान गरेको हतियार सर्वोच्च अदालत परिसरमा लिएर जान पाउने नपाउने ? यो कानुनी विवाद अस्पष्ट रहेको कुरा सबैले स्वीकार गर्नु पर्ने अवस्थामा हामी छौं ।
सर्वोच्च अदालत परिसरमा
प्रवेश अनुमतिः

सर्वोच्च अदालत परिशर सुरक्षा संवेदनशिल क्षेत्र रहेको तथ्यमा विवाद रहेन । सर्वसाधारणको समेत चेकजाँच पास गरेपछि मात्र प्रवेश अनुमति पाउने सर्वोच्च क्षेत्रमा हतियार सहित प्रवेश गर्ने प्रयास गरेको कुरा स्वभाविक देखिँदैन । हात हतियारको प्रबन्ध गर्ने व्यक्तिले हातहतियार सहित संवेदनशिल क्षेत्रमा प्रवेश गर्दा लिनुपर्ने अनुमति लिने प्रयास गरेको पनि देखिदैन । सर्वप्रथम आफूसंग हतियार रहेको स्वघोषणा गर्नुपर्ने हो । हतियार लिन पाउने अख्तियार लाइसेन्स समेत दाखिला गरी सम्बन्धित निकायबाट अनुमति लिने प्रयास गरेको पनि पाईदैन । पहिला हतियार नबोकेको नीजि सुरक्षाकर्मि प्रवेश गरी हतियार राखेको झोला बोकेको नीजि सुरक्षाकर्मिबाट झोला लिने प्रयासले गुपचुपमा हतियार प्रवेश गराउने प्रयास गरेको देखिनु असल मनसाय भनेर अुनमान गर्दा सुरक्षा चेकजाँचको औचित्य नै समाप्त हुन पुग्दछ ।
कानुनी व्यवस्थाः
हातहतियार खरखजना ऐन २०१९ को दफा ३ ले हातहतियार वा खरखजना राख्न वा लिएर हिड्न इजाजत लिन पर्ने व्यवस्था गरेको छ । सो अनुसार इजाजत लिएपछि दफा १० अनुसार इजाजत प्राप्त गर्ने र नविकरण गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार दुर्गा प्रसाइको हकमा अनुमति वैधानिक देखिन्छ ।
निष्कर्षः
प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रता उपभोग गर्नबाट कानुन बमोजिम बाहेक राज्यले बञ्चित गराउन नपाउने स्वतन्त्रताको हक छ । प्रसाईको व्यक्तिगत सुरक्षामा खड्का र धिमाल खटिएको र हाततियार लिएर हिडेको कुरा प्रारम्भ देखिनै अनदेखा गर्ने छुट राज्यलाई थिएन । खड्का र धिमाल भन्दा पहिला दोषी त्यो प्रारम्भदेखि नै अनदेखा गर्ने राज्य पक्ष हो । निर्दोष दोषको भागिदार हुनुहुँदैन ।

Related posts

सरकारको अक्षम्य प्रयास-सम्पादकीय

admin

७१ बर्ष अगाडिको उत्साहमा पुग्न संकल्प गरौं-सम्पादकीय

admin

एक पक्षीय इच्छा, लहड, रहरले सम्बन्ध विच्छेद नहुने

admin