नेपालमा कोरोना संक्रमण सबै ७७ जिल्लामा फैलिएको छ । वागमती प्रदेशको रसुवामा संक्रमण नदेखिएकाले हिजोसम्म संक्रमण ७६ जिल्लामा सिमित रहेका थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज रसुवामा ९ जनाका संक्रमण देखिएसंगै कोभिड–१९ को संक्रमण देशव्यापि भएको हो ।
मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा थप कोरोना संक्रमण देखिएको छ । अब कुल संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । आज १ सय ३६ जना उपचार पछि निको भएर घर फर्किएसंगै संक्रमण मुक्त हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
यसैबीच आज चितवनमा एक संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको मन्त्रालयले जनाएको छ ।
रसुवामा देखिएसंगै ७७ जिल्लामा पुग्यो कोरोना संक्रमण
previous post