Tanahun Awaj
समाचार

भानुमा हुलाक सेवा

दमौली/भानुमा हुलाक सेवा शुरु भएको छ । एक स्थानीय तह एक हुलाक नीति अनुसार मंगलबार भानु नगरपालिका–१ भन्सारमा हुलाक कार्यालय भानु नगरपालिका भन्सार तनहूँ नामक कार्यालय स्थापना सहित औपचारिक सेवा शुभारम्भ भएको जिल्ला हुलाक कार्यलय तनहुँले जनाएको छ ।
भानु नगरपालिकाभित्रका साविकका मानेचौका र टुहुरेपसल ईलाका हुलाक तथा भानु बाईसजँघार चोकचिसापानी तथा हालसम्म सञ्चालित वयापानी वसन्तपुर अतिरिक्त हुलाक लगायत समग्र भानु नगरपालिकाभित्र हुलाक सेवालाई सेवाग्राहीमैत्री प्रविधिमैत्री छिटोछरितो प्रभावकारी हुलाक सेवाको सञ्चालन व्यवस्थापन समन्वय सहजीकरण गर्ने भूमिका खेल्ने गरी उक्त हुलाकको स्थापना भएको हो ।

भानु नगरपालिकाका उपप्रमुख तथा प्रमुख अतिथि उमादेवी गोतामेले कार्यालयको व्यानर अनावरण र कार्यालयको नामोच्चारण गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख हुलाक अधिकृत मित्रलाल भट्टराई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवारकर पौडेलको, वडा नं. १ का वडाध्यक्ष कान्छीमाया तामाङ्ग, स्थानीय सरकारी कार्यालय सुरक्षा निकायका प्रतिनिधीहरु, नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, स्थानीय आमा समूह, टोलविकास संघसंस्थाका प्रतिनिधीहरु, नगरपालिकाका शाखा प्रमुख लगायतका स्थानीय समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालयका डाँक शाखा प्रमुख डालाराम बसौलाले गरेका थिए भने स्वागत मन्तव्य खरिदार हिमलाल ढुगानाले राखेका थिए ।

Related posts

सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा

Deepak Joshi

महासंघको साधारणसभा जेठ २ मा

Deepak Joshi

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२: घण्टी चर्काे बज्यो, रुख मुर्झायो,सूर्य र ताराको चमक हरायो

Deepak Joshi