दमौली/कोरोना संक्रमणको तथ्याङ्कलाई हेर्दै जाने हो भने अवस्था झन डरलाग्दो बन्दै गएको छ । अघिल्लो साता केही घटेको संक्रमण यो साता उत्कर्षमा पुगेको छ । संक्रमणका हिसाबले मात्र होइन संक्रमणका कारण भएको मृत्युका हिसाबले पनि यो साता उत्कर्षमै रह्यो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३९ थपिएको छ । यो २४ घण्टामा देखिने नयाँ संक्रमितको हाल सम्मकै उच्च संख्या हो । सोमबार कोरोना संक्रमणका कारण हालसम्मकै सबैभन्दा धेरै १५ जनाले ज्यान गुमाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कुल ८ लाख ७२ हजार २ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको गरिएको पिसिआर परिक्षणमा १ हजार ५ सय ३९ को नतिजा पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ भने ३ सय ७९ जनाले ज्यान गुमाएका छन् ।
प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रिमितको संख्या ५सय भन्दा बढी भएका जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाण्डौ, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देही हुन् । यसैगरी संक्रमण शुन्य भएका जिललाहरुमा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् । हालसम्म १४ हजार ६ सय ४६ महिला तथा ४३ हजार ६ सय ८१ पुरुष संक्रमित भएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ४ पुरुष गरी ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
भयावह बन्दै कोरोना
previous post