स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एक हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सोही अबधिमा एक हजार ११२ जना संक्रमण मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
बुधबारसम्म कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ । कोरोनका कारण बुधबारसम्ममा दुइसय ५१ जनाले ज्यान गुमाएका छन् । यो साता कोरोना संक्रमण हुने र संक्रमण मुक्त हुने संख्याका हिसाबले पनि उल्लेख्य रह्यो । आइतबार हालसम्मकै धेरै एक हजार २२१ जना कोरोना संक्रमित थपिए भने बुधबार हालसम्मकै धेरै एक हजार ११२ जना संक्रमण मुक्त भएर घर फर्किए । यो साता कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पनि धेरै रह्यो । आइतबार सबैभन्दा धेरै एकैदिन १४ जनाले ज्यान गुमाए ।
काठमाण्डौ उपत्यका मा आज ३८८ जना संक्रमित थपिए भने मंगबार सबैभन्दा धेरै चारसय ८१ संक्रमित काठमाण्डौ उपत्यकामा थपिएका थिए । भारतमा पनि गत आइतबार हालसम्मकै सबैभन्दा धेरै ७८ हजार ८०० संक्रमित थपिए । संसारभरको तथ्याङ्कलाई हेर्ने हो भने हालसम्म दुइ करोड ५७ लाख ७३ हजार ९५८ जना संक्रमित भएका छन् । यसैगरी संक्रमण मुक्त हुनेको संख्या एक करोड ७० लाख ८८ हजार ३१४ रहेको छ भने मृत्यु हुनेको संख्या आठ लाख ५७ हजार ५५२ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १८ हजार १०८ जाना आइसोलेसनमा छन् भने क्वारेन्टीनमा रहनेको संख्या बुधबार छ हजार ७६६ रहेको छ । अहिले सम्मको तथ्याङ्कलाई केलाउँदा संक्रमण मुक्त हुने ५५ दशमलब ९२ रहेका छन् भने बाँकी संक्रमित ४३ दशमलब ५८ प्रतिशत रहेको छ । यसैगरी मृत्यु हुने सून्य दशमलब ६ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पाँचसय भन्दा बढी संक्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुर, चितवन, पर्सा, रौतहट, धनुषा, बारा, सर्लाही, रुपन्देही र सर्लाही गरी १२ रहेको छन् भने सोलुखुम्बु, मुस्ताङ्ग, डोल्पा, मुगु, हुम्ला, भोजपुर र ताप्लेजुङ्ग गरी सात वटा रहेका छन् । तनहुँमा बुधबार चार संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
बढ्दै कोरोना कहर दैनिक संक्रमित हजार नाध्न थाले
previous post