दमौली/नेपालले फागुन २५ गते नयाँ राष्ट्रपतिको लागि निर्वाचन गर्दैछ । नेपालको आन्तरिक राजनीतिक मामिलामा बेलाबेला बोलेर चर्चा आउने गरेका भारतीय एस डि मुनीले राष्ट्रपतिको नामै प्रस्ताव गरेछन् । यस अघि पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आव्हान गरेका छन्– ‘देश जोगाउन राजनैतिक दल र राजसंस्था आएर आपसी सहकार्यको लागि बिलम्ब गर्नु हुन्न ।’
पूर्व राजाको यस प्रकारको सन्देश आएपछि मुख खोलेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले केही मान्छेको भिड देखेपछि पूर्व राजा बर्बराएको आरोप लगाए । त्यस्तै माधव कुमार नेपालले पनि त्यस्तै खालको टिप्पणी गरेका छन् । तर जनताले ति नेताको आरोप र टिप्पणीमा भन्दा पूर्वराजाको भाषणमा केही भरोसा गरेका छन् । किनकि नेपाली जनतालाई थाहा छ कि यी नेताहरुले राजनीतिक परिवर्तनका नाममा टकनपुरमा नेपाललाई ठगे । महाकालीमा नेपाललाई ठगे । राजाले रोकेको नागरिकता विधेयक तत्कालिन राजाको वंशनासै गराएर ४० लाख भन्दा बढी गैह्रनेपाली नेपालीलाई नागरिकता बाँडे । नेपालको सुरक्षा व्यवस्था नै विदेशीलाई दिने खालको एमसीसी परियोजना भित्र्याए ।
भारतीय एस डि मुनीले इशारा गरेजस्तै नेपालको राष्ट्रपति सर्वसम्मतिमा चयन गर्ने नाउँमा देबेन्द्र राज पाण्डे, प्रा. लोकराज बराल, दमननाथ ढुङ्गाना, अनुराधा कोईराला मध्ये कोही भए भने नेपाल र नेपालीको पहिचान भारतको उपनिवेशको भन्दा फरक होला र ? किनभने अमलेशुमार सिंलाई सांसद भारतीय इशारामा बनाइएकै हुन् । न्यायाधीशहरु पनि बनाएको आशंका छ । न्यायाधीश, सांसद र मन्त्री इशारामा बनाउँदै आएका यी नेताले राष्ट्रपति पनि इशारामा नै बनाए भने सिक्कीमका लेण्डुलोप भन्दा यी के कुन आधारमा फरक भए र ?
पूर्वराजालाई आफ्नो दाजूको वंंशनास गरेको अरोप लाग्यो । आरोप त कस्लाई लागेन र ? आफूले थाहा पाएको सत्य जनतासामू राख्न नसक्ने माधव, ओली र विद्यालाई पनि त मदन भण्डारीको हत्याको मतियारको आरोप लागेकै हो । नेपाली राजनीतिमा जबरजस्त प्रवेश गराइएकी सुजता कोईरालाको विरोध गर्दा शैलजा आचार्यलाई समाप्त पारेको आरोप गिरिजालाई पनि त लागेकै हो नि । अब जनमत संग्रहबाट पनि देशको हितमा जनादेश आउने अवस्था रहेन । त्यसैले अब देश बचाउन सबै राजनीतिक शक्ति मिल्नु पर्ने राष्ट्रिय खाँचो हो ।
पूर्व राजा बर्बराएकी वर्तमान नेता बुझपचाए ?
previous post