22.7 C
Damauli
September 19, 2026
Tanahun Awaj
समाचार

पत्रकार न्यौपाने पुरस्कृत

दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाका उपाध्यक्ष कृष्ण न्यौपानेलाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेकपा (एमाले) तनहुँको शुक्रबार आयोजित दशौं जिल्ला अधिवेशनका अवसरमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

पार्टीका महासचिव शङ्कर पोख्रेलले न्यौपानेलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । उक्त पुरस्कारको राशी रु दश हजार नगद रहेको छ ।
पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर भन्दै प्रेस चौतारी तनहुँ शाखाले गत माघ २३ गते नै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं रासस दमौली प्रतिनिधि हुन् ।

Related posts

बुधबार नेप्से ३४.२९ अंकले बृद्धि

admin

बन्दिपुरमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम

admin

बीस सदस्यीय नयाँ मन्त्रीमण्डल

admin