न्यायिक समानतामा आधारित समाजको सृजना गर्नु कुनै पनि राजनैतिक पार्टिको ध्येय हुनुपर्दछ । शाषन प्रणालिमा प्रजातान्त्रीकरण, आवधिक निर्वाचन, आर्थिक ढाँचामा परिवर्तन, जिवनस्तरमा सुधार, आर्थिक विकास, मानवस्रोत साधनको प्रयोग, सिप र ज्ञानको विकासलाई मानव समुन्नतिको कडिको रुपमा लिन सकिन्छ । सन् १९५० देखि विश्वका धेरै जसो मुलुकले आफ्नो अर्थव्यवस्थाको मुख्य आधार आर्थिक वृद्धि (Economic Growth) लाई लिन थालेको पाइन्छ । त्यपछि सन् १९७० को दशकसम्म समाजका गरिब वर्गका लागि शिक्षा, स्वास्थ्य, रोजगार तथा राजनैतिक क्षेत्रमा पहूँच बढाउने जस्ता कार्यमा जोड दिइएको थियो । सोही मुताविकका आर्थिक योजना निर्माण तथा कार्यान्वयन गरिएको थियो । यसले स्थानियतहको शसक्तिकरण र स्थानियतहको विकासलाई प्राथमिकता दिइएको पाइन्छ । ग्रामिण समुदाय, गरिब, विपन्न बस्तीहरुमा स्थानिय स्रोत साधनको प्रयोग गरि जिवनस्तरमा सुधार ल्याउने मान्यतालाई जोडदिएको पाइन्छ ।
विश्वअर्थव्यवस्थामा आएको परिवर्तन सँगै सन् १९९० को दशकपछाडि आर्थिक उहारीकरणको कार्यक्रमलाई समायोजन गरियो जसमा शिक्षा, स्वास्थ्य, स्वरोजगार र आम्दानी बृद्धिलाई प्राथमिकतामा राखियो । विकासको समान वितरण, मानवहरुलाई ध्यान दिई अधिकारमा आधारित विकास (Right Based Approach Development) हुनु मानिसको अधिकार हो भन्ने धारणाको विकास भयो । यसै धारणालाई आत्मसाथ गरी विश्व अर्थव्यवस्थामा नयाँ आर्थिक योजना निर्माण तथा कार्यान्वयन गर्दै देशमा भएका स्रोत साधन, प्राकृतिक सम्पदा, खनिज सम्पदा, जलस्रोत, उर्जा, कृषि उत्पादन प्रणालिमा समयानुकुल परिवर्तन भएको देखिन्छ ।
त्यस्तै सन् १९९० देखि हाल सन् २०२४ को समयसम्म आइपुग्दा आर्थिक अवधारणाको नयाँ सोचको विकास भएको
पाइन्छ । जसलाई ‘Economic and Social Development’ को मान्यतालाई जोड दिइएको
पाइन्छ । यस अबधारणाले आर्थिक वृद्धिको माध्यमबाट समाजको विकास र प्रगतिलाई अगाडी बढाउने लक्ष राख्दछ । विकासलाई स्वतन्त्रताको रुपमा लिनु पर्दछ । द्रुतविकास गर्न राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक स्वतन्त्रता चाहिन्छ । समयानुकुल देश विकास हुनुको लागि आधुनिकिकरणको प्रक्रियामा सहयोगी हुनुपर्दछ ।
जसबाट आन्तरिक स्रोत साधन र सिपको प्रयोग हुन्छ । स्थानिय प्रविधिलाई परिस्कृत गरी उत्पादन परिमाणमा बृद्धि गर्दा अधिकतम सामाजिक कल्याणमा (Social Welfare Maximization) बृद्धि हुन्छ जुन दिगो विकासका लागि टेवा हुन्छ । नयाँ संरचना र उत्पादन विधि प्रसारणको माध्यमबाट प्रबेशगर्दछ । नयाँ बिज्ञान तथा प्रबिधिको विकास हुन्छ । आधुनिकिकरण एउटा प्रक्रिया हो जुन प्रक्रियाबाट समाजका सबै तह र पक्ष प्रभावित भएका हुन्छन् । यसैबाट समाज परिवर्तनको प्रारम्भ हुन्छ । हाम्रो अर्थव्यवस्थामा २१ औं शताब्दीको नयाँ ज्ञान र सिप भएका विश्व अर्थव्यवस्थाको विश्लेषण गरी नबिनतम ढाँचाको बजेट पेश गर्ने अर्थमन्त्री पाउनको लागि अझै केहिवर्ष कुर्नपर्ने जस्तो छ ! अर्थतन्त्रको बारेमा बजेट घोषणा गर्ने व्यक्तिले म मा के कति ज्ञान, योग्यता, क्षमता, परिवर्तित विश्वको अर्थव्यवस्थाको विवेचना गर्ने भन्ने सम्मको ज्ञान छैन ? यस्ता व्यक्तिलाई मानिदिन पर्ने हो ? जनता त्यस्तो अर्थमन्त्रीको पर्खाइमा बसिरहेका छन् । आफ्नो स्वार्थ केन्द्रित राजनीतिबाट नेपाली समाज कहिले मुक्त
होला ? प्रतिक्षामा छौं । जनताको पिडाको अनुभूती आज चाहिँ बिट मारौं ल ।