
चन्द्रा पौडेल
भादगाउँ रुम टु रिडको व्यवस्थापनमा सञ्चालित कक्षाहरु अवलोकन गर्ने क्रममा मंगलबार दमौली स्थित निर्मल माविको कक्षा अवलोकन सम्पन्न भएको छ । साक्षरता कार्यक्रम अन्र्तगत रुम टु रिडको आर्थिक सहयोगमा तनहँुका सय बढी विद्यालयमा कक्षा एक तथा दुई मा बुक कर्नर, बालकालिका अनुकुल कक्षा कोठाको फर्निचर , कक्षाकोठाको रङ लगाएत व्यवस्थापन भएको छ । यसका साथै कक्षा एक र दुइमा नेपाली शिक्षण गर्ने शिक्षकलाई विभिन्न चरणका तालिम प्रदानगरी नेपाली भाषा पठन तथा बोध क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालनमा छ । कक्षा एकको अवलोकनका क्रममा पठन पाठन राम्रो पाईएको अवलोकनमा सहभागी शिक्षक तथा रुम टु रिडका प्रतिनिधिले बताए । साक्षरता कार्यक्रम सञ्चालित विभिन्न १६ विद्यालयका शिक्षकहरु संलग्न अवलोकन समूहमा संस्थाका तर्फबाट राधाकृष्ण हुमागाईं तथा राजेश रिमाल सहभागि रहेका थिए । सोही अवसरमा रुम टु रिडकै सहयोगमा स्थापित पुस्तकालयको समेत अवलोकन गरिएको थियो ।