दमौली/नेपाल विद्यार्थी संघ तनहूँले आफ्ना सदस्य माथि भएको आक्रमणमा संलग्नलाई कानूनि कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।
शनिबार एक विज्ञप्ती प्रकाशित गरी संघले जिल्ला कार्य समितिका सदस्य भीमाद–६ निवासी अन्जन सुवेदीमाथी शुक्रबार साँझ आक्रमण भएको र उक्त आक्रमण सत्ताधारीहरुको राजनैतिक प्रतिशोधका कारण हत्या गर्ने मनसायबाट प्रेरित भएको उल्लेख गरेको छ । विज्ञप्तीमा घाइते सुवेदीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा संलग्न दोषी उपर तत्काल कारवाही गरी कानूनी राज्यको अनुभूति दिलाउन सम्बन्धित निकाय समक्ष जोडदार माग गरिएको छ । जिल्ला अध्यक्ष चुडामणी खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको संवेदनशीलतालाई आत्मसाथ नगरी वेवास्ता गरिएमा संघले न्याय प्राप्तिका लागि कडा आन्दोलनका कार्यक्रम सहित अगाडि बढ्ने चेतावनी समेत दिइएको छ ।
यसैबीच नेपाली कांग्रेस भीमाद नगर कार्यसमितिले पनि एक विज्ञप्ती प्रकाशित गरी आफ्ना क्रियाशिल सदस्य समेत रहेका सुवेदीमाथि प्रहरीको समुन्ने भएको हमला प्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा प्रहरी नागरिकको ज्यूधनको सुरक्षामा गम्भीर नभएको उल्लेख गरिएको छ । संयोजक आनन्ददेव श्रेष्ठद्वारा जारी विज्ञप्तीमा प्रहरीको संदिग्ध भूमिका प्रति खेद जनाईएको छ ।