गरिबलाई होच्याउने तीज बढ्दै हो की ।
गहनाको प्रदर्शनी तीज बन्दै हो की ।
संस्कृति हो की कि विकृति सोच्न बाध्य भएँ
हुनेखानेले देखाउने रवाफ तीज बन्दै हो की ।
हिजो दुख र बेदना पोख्ने संस्कार
आज दुःखी गरिबलाई पिट्ने संस्कार बन्दै हो की ।
वन पाखामा गुञ्जिने सुन्तली र डल्लीका भाका
आज डिस्को डान्समा मुछिदै हो की ।
हुदा खानेलाई तीज संस्कार बन्दै छ,
हुने खानेलाई यही झङ्कार बन्दै होकी ।
पँधेरीमा दिदी वहिनी एक भइ पोखेका वेदना
आज प्रतिस्पर्धामा होडबाजी चल्दै हो की ।
टोकिन्थे दतिवन दाँतले अमृत मानी
तिनै दाँतले आज चौटा टोकिदै छ की ।
आमाले लाउँथिन वर्षौ एउटै सारी
आधुनिकताको नाममा गलत बाटो मोडिदै हो की।
३६४ दिन पतिको सत्तोसराप गरी बस्नेले
एक दिन उपास बस्दैमा लामो आयु नहुने हो की ।
कहाँ गए हाम्रा गुन्यु चोली, अमूल्य गहना ?
एक पटक सबै नारीले सोच्ने होकी ।
एकपटक सबै नारीले सोच्ने होकी ।।