दमौली/महामारीको यो समयमा खोप नपाएर नेपाली जनताको दैनिक रुपमा मृत्यू कष्टकर शोकमा दिन गुजारी रहेका नेपाली जनता खोप माग गरिरहेका छन् । जननिर्वाचित जनउत्तरदायी भनेको सरकार भने हुँदा छँदाको दुई तिहाई बहूमतको संसद विघटन गरेर कार्तिक र मंसिरमा चुनावको मिति तोकेपछि तनहुँका जनता खोप दिएर बचाउने हो कि चुनावमा लगेर मार्ने ? भनेर सरकारसंग प्रश्न गरिरहेका छन् ।
कोभिड–१९ संक्रमणले देशभर सबै घरभित्र सीमित भएका बेला चुनाव घोषणा गरेर, विकास निर्माणका काम चालु राखेर निर्माण सामाग्री उपलब्ध गराउन अह्राउने सरकारले व्यापारी तथा उनका कर्मचारीको स्वास्थ्यप्रति वास्ता नगरेको प्रति आक्रोस पोख्दै गण्डकी ट्रेड सप्लायर्स प्रा.लि. दमौलीका सञ्चालक अञ्जनकुमार श्रेष्ठ भन्छन्– ‘हामीलाई खोप दिएर बाँच्ने आधार देउ सरकार । होइन भने ‘नो खोप नो भोट’ । सञ्चालक श्रेष्ठ अगाडि भन्छन्– ‘प्राथमिकताका क्षेत्रलाई दोश्रो चरणको खोप दिएर पनि छुटेकालाई खोप दिने भनिएको छ तर हामी किनेर आफैं लगाउँछौं भन्दा पनि सरकारले खोप दिन सकिरहेको छैन ।’
यो महामारीका बेला जनताको ज्यूधनको सुरक्षाका लागि राज्य कोष खर्च गर्न पर्ने सरकार, संसदको म्याद सकिएको भए, एक बर्ष थपेर पनि काम गर्नु पर्ने सरकार हुँदाछँदाको एक बर्ष, अगावै चुनावको घोषण गर्ने सरकारको प्राथमिकता देखेर तनहुँका युवाहरु आक्रोसित बनेका छन् । प्लाष्टिक उत्पादन विक्री गर्ने युवा व्यवसायी मोहम्मद गफार आक्रोस पोख्दै भन्छन्– ‘हामीलाई पर्दा खोप दिएर बँचाउन नसक्ने सरकारले गर्ने चुनावमा हामीले मत हाल्न जानुपर्छ भन्ने पनि छैन । म अनि हामीजस्ता युवा भोट हाल्न जाँदा पनि जाँदैनौं । विभिन्न क्लब र सामाजिक संघ संस्थामा आवद्ध युवा गफार भन्छन्– क्लबका विभिन्न सामाजिक कार्यक्रम र अभियानका क्रममा मेरो आफ्ना सहपाठी अनि अझ कम उमेरका भाई बहिनीसँग भेट भैरहन्छ । उनीहरु राजनीतिलाई घिनलाग्दो खेल भन्छन् ।’ उपचार नपाएर नागरिकहरु छट्पटिएर मरिरहेका छन् । अक्सिजन नपाएर कतिले परिवारका सदस्य गुमाइरहेका बेला बाँच्न लागि राहत र खोप उपलब्ध गराउने पर्ने सरकार गैरजिम्मेवार बनेर चुनावलाई प्राथमिकतामा राखेको प्रति तनहुँका युवा शक्ति आक्रोसित देखिएको छ । यो युवा आक्रोसले निर्धारित समयमा चुनाव हुनेमा प्रश्न खडा भएको राजनीतिक विश्लेषकहरुको टिप्पणी रहेको छ ।
जनताको प्राथमिकतामा खोप सरकारको प्राथमिकतामा भोट
previous post