भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबारभारतको उत्तराखण्डमा पर्ने पिथौरागढ, धार्चुला हुँदै नेपालको कालापानीको गुञ्जीबाट लिपुलेक हुँदै चीन प्रवेश गर्ने सडकको उद्घाटन गरेपछि नेपाल भारतको सीमा विवाद फेरी एक पटक सतहमा आएको छ । साताभर विभिन्न सञ्चार माध्उाममा प्रकाशित समाचार अनुसार उक्त सडक बनाउने निर्णय भारतले सन् २००५ मा गरेको थियो र सन् २००८ बाट निर्माण थालिएको थियो । लिपुलेकको नेपाली भूमिमा भारतले २२ किमी सडक निर्माण गरेको हो र जुन काम विगत १२ वर्ष देखि जारी थियो । त्रिदेशिय विन्दुको रुपमा रहेको लिपुलेक जुन नेपालमा पर्छ लाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भारत र चीनले सन् २०१५ मा नेपाललाई जानकारीसम्म नगराई सम्झौता गरेका थिए । त्यसको तत्कालै नेपाल सरकारले विरोध जनाएको थियो । तर नेपालको विरोधको वेवास्ता गर्दै भारतले सडक बनायो र अहिले सञ्चालनमा आएको छ । यसले भारत असल छिमेकी होइन भन्ने प्रष्ट भएको छ ।
हामीलाई हाम्रो जमिन प्यारो छ र हामी एक इन्च पनि गुमाउन चाहँदैनौं । तर सत्ता प्राप्तीका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने हाम्रो राजनैतिक नेतृत्वका कारण भारतको मिचाहा र हेपाहा प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ । तत्कालिन राजा महेन्द्रले २०१७ स ालमा जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोईसरालालाई अपदस्त गरेपछि शुरु भएको हस्तक्षेपका अगाडि सत्तास्वार्थका कारण कमजोर मनोदशाका राजा महेन्द्र पनि चुप बसेको नेपाली इतिहास बताउँछ ।
भारतले सो क्षेत्रमा सडक बनाउने निर्णय गरेको १५ वर्ष भएछ अनि कामनै थालेको पनि १२ वर्ष भएछ । यो बीचमा कांग्रेसका मात्र होइन सबैजसो पार्टीका नेता प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री भएका छन् तर कसैले पनि त्यो समस्यालाई गम्भीर रुपमा लिएर समाधानको मार्ग खोज्ने अग्रसरका लिएको देखिएन । भारतलाई सडक किन बनाएको त्यो त हाम्रो जमिन हो भनौं भने सत्ताको कुर्सी हल्लिने डरले कसैले त्यता ध्यान दिनै सकेनन् । अखिर बिरालोको घाँटीमा घण्टी कसले झुण्डाउने ? सत्ताकाँक्षी नेपाली राजनीतिको नियती यही हो ।
यो बेला वास्तवमा कसैले कसैलाई गाली गरेर वस्ने वा मैले यसो गरें भनेर गुड्डी हाँक्ने बेला होइन । सबै नेपाली एकताबद्ध भएर भारतको मिचाहा प्रवृत्ति विरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय वातावरण निर्माण गर्ने बेला हो यो । चीन पनि यो मामलामा चोखो छैन । मत्ताहात्ती जस्ता दुइ छिमेकीका अगाडि सानो भूगोल भएको हिनताबोधले होइन, कहिल्यै पराधिनतामा नपरेको गौरवशाली इतिहासमा आत्मगौरव गर्दै दह्रो आत्मविश्वासका साथ कुराकानी गरेर समस्या सल्टाउने पुर्खाले आज्र्याको आफ्नो भूमि फिर्ता ल्याउने बेला हो । छिमेक चिढ्याउने र हेप्ने भारतिय प्रवृत्तिका विरुद्ध एकमत बनेर फिर्ता पठाऔं ।
छिमेकी भूमिबाट फिर्ता जाउ-सम्पादकीय
previous post