घिरिङ/नेपाली कांग्रेस तनहूँको संगठन सुदृढीकरण अभियान अन्तर्गत घिरिङ गाउँ पालिका वडा नं १ मा वडा समिति गठन सम्पन्न गरेको छ । संगठन सुदृढीकरण अभियानका टोली संयोजक मिलन आलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा समिति गठन गरिएको हो ।
नव गठित वडा समितिको संयोजकमा रवि घोरासैनी चयन भएका छन् । यसैगरी उपसंयोजकहरुमा केशवराज पोख्रेल तथा शर्मिला खनाल, सचिवमा पदमराज भण्डारी, कोषाध्यक्षमा अमृता देवकोटा पोख्रेल चयन भएका छन् । समितिका सदस्यहरुमा खुमकुमारी थापा, नारायण ढकाल, बाबुराम भट्टराई, मणी सिग्देल, देवी कुमाल, कृष्ण परियार, माधव चन्द, बलबहादुर थापा, नरबहादुर थापा, सम्झना कुमाल, पशुपति पोख्रेल, हिराकुमार श्रेष्ठ, निलकण्ठ भण्डारी र पशुपति सिग्देल रहेका छन् ।
घिरिङ गाउँ पालिका संयोजक इमानसिं थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी आलेले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको पहिलो शक्ति बनाउने गरी संगठन निर्माणमा लागिपर्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गरे । क्षेत्र नं २ का सचिव इन्द्रबहादुर आलेले संगठन मजबुत बनाएर लक्ष्य निर्धारणका साथ अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा क्षेत्रिय सचिव नारायण भट्टराई, घिरिङ– १ का वडाध्यक्ष गंगाराम कुमाल, रवि घोरासैनी, गाउँपालिका उपसंयोजक सुमन थापा, लक्ष्मी वस्ताकोटी, पशुपति पोख्रेल लगाएतले मन्तव्य राखेका थिए ।