नेपाल का धेरै नेता का छोरा हरु भन्दा फरक एक जना अर्को व्यक्ति को चर्चा निकै कम हुन्छ। उनी हुन् दीपक राज जोशी ( गोविन्द राज जोशी का छोरा) । उनले जीवन मा कहिल्ये पनि बुवाको शक्ति प्रयोग गरेनन्। अमेरिकाको १७ वर्ष को बसाई पछि नेपाल मा फर्केर अमेरिकन दूतावास मा आफ्नो ग्रीन कार्ड बुझाउने नेताका छोरा छोरी हरु शायद कोही पनि छैनन होला। उनी कलेज मा पढाउँछन्। Veganeism प्राक्टिस गर्ने दीपक राज जोशी minimalist पनी हुन। Spotlight भन्ने पत्रिका लेख्छन्
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पिआर र ग्रीनकार्डधारी कर्मचारीमाथि कारबाही अभियानले देशैभर चर्चा कमाइरहेको छ । एउटा देशको सरकारी सेवामा रहेर अर्को देशको नागरिकतासम्म बोक्ने कर्मचारीबिरुद्ध कडा रुपमा उत्रिएका मन्त्री पण्डितको अभियानलाइ धेरैले प्रशंसा गरिरहेका छन् । आफ्नै ठाउँको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व जबसम्म आफ्नो देशप्रति प्रतिबद्ध हुन्न र यसैलाई भविष्य ठान्दैन तबसम्म देशले काँचुली फेर्दैन भन्ने मान्यता बोकेका सामान्य प्रशासन मन्त्री पण्डितले एउटा सार्वजनिक अन्र्तवार्तामा लिएको नाउँपछि अहिले दीपकराज जोशीबारे चर्चा हुन थालेको छ । ‘तपाइंको आह्वानलाई मानेर म देश फर्केको छु, दीपकको भनाई उद्धृत गर्दै मन्त्री पण्डितले एक टेलिभिजनसंग भनेका थिए,‘यस्ता युवा जमातको उर्जाले मलाइ हौसला मिलेको छ ।’
दीपक पेशाले टेलिकम्युनिकेशन ईञ्जिनियर हुन् । अध्ययन तथा रोजगारीका शिलशिलामा १७ वर्ष अमेरिका बिताएका जोशी अहिले कठिन परिस्थितीमा देशले आफूजस्ता प्रतिभालाइ खोजेको भन्दै स्वदेश फर्किएका छन् । उनी त्यस्तो अवस्थामा नेपाल फिर्ता भए, जुनबेला मन्त्री पण्डित पीआर र ग्रीनकार्डधारी कर्मचारीबिरुद्ध कारबाहीको योजना बनाउँदै थिए । अमेरिका धेरैका लागि सपनाको मुलुक हो । यही भएर विश्वभरकै युवा जमात त्यहाँ जीवन जीउने सपना देख्छ । फिलिपिन्सबाट बिएस्सी फरेष्ट्री सकेका दीपक आफ्नो अध्ययनको विषय परिवर्तन गर्न चाहन्थे । टेलिकम्युनिकेशनको विकासले पश्चिमा समाजमा गति लिइरहेको बेला नेपालमा भने त्यसको विकासले बामे पनि सरिसकेको थिएन । टेलिकम्युनिकेशनमा ईञ्जिनियरिङका लागि अमेरिका पुगेका उनले त्यहाँको चर्चित धेरै कम्पनीमा काम गरे । त्यहाँको चर्चित टेक माहिन्द्रामा विजनेस एनालिष्टको काम गरेका उनले त्यो भन्दा निकै पहिले नै आकर्षक जागिर पाइसकेका थिए ।
एमसिआइ कम्पनीमा वेब डेभलपरबाट शुरु उनको जागिरे यात्रामा विभिन्न कम्पनीमा व्यवस्थापन देखि परामर्शदाता तहसम्म करिब १५ वर्ष चल्यो । अमेरिका पुगेको केही वर्षमै ग्रीन कार्ड हात पारेका उनका लागि त्यहाँको नागरिकता पाउनु गाह«ो थिएन । आकर्षक जागिर, सानदार सुविधा उनका लागि सबै कुरा यहाँ भन्दा राम्रै थियो । त्यत्तिको स्थान बनाउन वषौं खर्चिएको जोकोही पनि त्यहीं रम्न चाहन्छ । अहिले सरकारी आकर्षक पद र उच्च राजनीीतक ओहोदा बोकेका व्यक्तिहरुले त विदेशी पिआर र ग्रीन कार्ड बोकेको चर्चा चलिरहेको छ, त्यस्तोमा पद, पैसा र सुविधा सबै पाएको व्यक्तिलाई त्यसको लोभ नहुने कुरै भएन । जस्तोसुकै काम पाए पनि अमेरिका छिर्न मात्र पाए स्वर्ग पुगिन्छ भन्ने सोच भएको नेपाली मानसिकतामा अपवाद बनेर निक्ले उनी ।दीपकलाई अब अहिलेसम्म सिकेको सीप देशकै माटोमा खन्याउनुपर्छ भन्ने लाग्यो । त्यहींबाट शुरु भयो उनको स्वदेश यात्रा ।
आफ्नो ग्रीन कार्ड अमेरिकालाई नै फिर्ता गरेर स्वदेश हानिए उनी । ‘विदेशमा गएर सीप सिकेको युवा जमातले देशका लागि धेरै गर्न सक्छ,’ आशावादी उनले भने,‘मैले पनि अब मेरै माटोका लागि केही गर्नुपर्छ भनेर आएको हुँ ।’ अहिले विभिन्न क्षेत्रका दक्ष जनशक्ति उपयुक्त काम गर्ने वातावरण नभएको भन्दै विदेशिरहेको छ । तर विकासको पथमा अघि बढ्न लागेको मुलुकका लागि प्राविधिक हिसाबले दक्ष त्यस्ता जनशक्तिको धेरै आवश्यकता पर्ने टेलिकम्युनिकेशन ईञ्जिनियर दीपकको ठम्याइ छ । ‘देशको विकासमा परिवर्तन ल्याउने हो भने शिक्षा, सञ्चार र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्नु आवश्यक छ,’ उनले भने,‘यस्ता क्षेत्रमा संलग्न जनशक्ति बाहिरिन थालेकाले विदेशबाट सिकेर आएकाहरुको आवश्यकता खट्किएको छ । म पनि आफ्नो सीप र क्षमता आवश्यक क्षेत्रमा लगाउन चाहन्छु ।’गरिबी हटाउने भीजन अहिले देशले सबै भन्दा छोटो समयमा बढी विकास गरेको कुनै क्षेत्र छ भने त्यो सञ्चार नै हो ।
टेलिकम्युनिकेसन्को क्षेत्रमा दशक लामो काम गरेको अनुभव संगालेका दीपकसामु यसैको उपयोगद्वारा दुरदराजका वस्तीमा शिक्षा, स्वास्थ्य लगायतका चेतना र सीप फैलाउन सक्ने योजना छ । ‘जबसम्म गाउँ र सहरबीचको खाडल कम हुँदैन तबसम्म हामीले गरिबी हटाएर गर्न चाहेको विकास असम्भव छ,’ आफ्नो योजना सुनाउँदै दीपकले भने,‘सञ्चार सुविधाको प्रयोग गरी गाउँमा विकास र शिक्षा पु¥याउन सकिने प्रविधि विकास अहिलेको आवश्यकता हो ।’ गाउँमा पर्याप्त पूर्वाधार र वातावरण नहुँदा जनशक्ति सहर र क्रमशः विदेशिने प्रवृत्ति रोक्नु नै अहिलेको प्रमुख आवश्यकता भएको तर्क गर्ने उनको विचारमा यसलाई रोक्न सम्भव सुविधा गाउँमा विस्तार गर्नु जरुरी छ । यसका लागि आधुनिक सञ्चारको प्रविधि उपयोग गर्नुपर्ने सुझाव उनी दिन्छन् । ‘हामीकहाँ टेलिमेडिसिनको कन्सेप्ट धेरै ठाउँमा सफल देखिएको छ,’ उनी भन्छन्,‘टेलिएग्रिकल्चर, टेलि एजुकेसन जस्ता नयाँ प्रविधि विकास गनृ सकिन्छ ।’ यसले पहुँच कम भएको ग्रामीण क्षेत्रका नागरिकमा पनि विकास र शिक्षा पुर्याउन मद्दत गर्ने विश्वास उनको छ । उनले यही आफ्नो भिजन उपयोग गर्नका लागि भनेर नेपाल दुरसञ्चार प्राधिकरणमा संलग्न हुन चाहेका पनि थिए । प्राधिकरणले सदस्यका लागि आह्वान गरेका बेला आवेदन दिएका उनलाइ त्यहाँ काम गर्न दिइएन । १७ वर्ष टेलिकम्युनिकेशन कम्पनी व्यवस्थापन गरेको आफु भन्दा कम क्षमता भएका व्यक्तिलाई नियुक्ति दिइएको उनी बताउँछन् । उनीले नेपाल टेलिकम मा पनि काम गर्ने प्रबन्ध निर्देशक मा अप्लाई गरेका थिए तर क्षमता भन्दा पनि नातावादलाई प्रोत्साहन दिइयो,’ आफ्नो तीतो अनुभव सुनाउँदै उनले भने,‘तर पनि हरेश खाएको छैन । फेरि एकचोटी दुई तिहाईकाे सरकारमा आफ्नै खुबीले नेपाल दूर सञ्चार प्रधिकरणको चयेरमन जस्तो पदको लागि उत्कृष्ट ३ जनामा पर्ने सफल भएका छन् । हेर्न बाँकि छ फेरि पनि क्षमता लाई प्रोत्साहन दिइनछ कि नातावादलाई।
देशलाई पनि दिऔं
हामीकहाँ देशले दिएन र गरेन भन्ने युवाको संख्या बाक्लो छ । उनीहरुमध्ये कतिपय सरकार र राजनीीतबारे कुरा गर्ने चाहँदैनन् । तर दीपक यसमा पृथक छन् । ‘हामी केही भएन भनेर असंंलग्न हुने हो भने केही पनि हुँदैन,’ उनी युवालाइ असंलग्न भएर होइन संलग्न भएर परिवर्तनमा साथ दिन आग्रह गर्छन् ‘हामीले आफुले जानेको सीप र क्षमता लगाएर विसंगति अन्त्य गर्नुपर्छ ।’ युवा आफै सक्रिय भएर आ आफ्नो विज्ञताको क्षेत्रमा लाग्ने र राजनीति सुधार्न लागि पर्ने हो भने देशका लागि परिवर्तन र विकास असम्भव नभएको उनको विश्वास छ । ‘तर कसैले केही गरिदिएन भनेर मात्र भएन,’ उनले भने,‘हामीले गर्न सक्छौं भनेर देखाइदिनुपर्छ ।’