दमौली/नेपाल रेडक्रस सोसाइटीको ६२औ स्थापना दिवसको अवसरमा भदौ १९ गते युवा रेडक्रस सर्कल पराशर मा.वि.व्यास–५ ले अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी माविका सहयोगी शिक्षक नायक विजय गुरुङका अनुसार नेरेसो गण्डकी प्रदेश को सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा तनहुँ जिल्लाका विभिन्न विद्यालयका २२ जना विद्यार्थी सहभागी थिए ।
युवा रेडक्रस सर्कल पराशर माविकी अध्यक्ष विष्णुमाया थापाको अध्यक्षता एवं नेरेसो गण्डकी प्रदेशका उपमहासचिव कृष्णचन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा ओयोजित प्रतियोगितामा पवित्रा मावि बन्दिपुरकी आयुषा श्रेष्ठले प्रथम स्थान हासिल गरिन् । रेडक्रस,युवा र मानवीय सेवा शिर्षकमा आयोजित प्रतियोगितामा सत्यवती मावि व्यासकी साक्षी वाग्ले द्वितीय, राधा मावि जामुनेका प्रवेश पण्डित तृतीय भए भने गोरखकाली आमाविकी जेसिका पाण्डेले सान्त्वना स्थान हासिल गरिन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, कार्यक्रमकी अध्यक्ष विष्णुमाया थापा तथा विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्का थिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पाण्डेले रेडक्रसलाई यो अवस्थासम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा रेडक्रस प्रेमी महानुभावहरूको निःस्वार्थ योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उत्साह र सहयोगको अपेक्षा राखेको बताए । विद्यालयका प्रअ तथा नेरेसो गण्डकी प्रदेश महासचिव रामदत्त पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रेडक्रसका सात सिद्धान्त वाचन गरेका थिए ।
अन्तर मावि वक्तृत्वकला
previous post