ऋषिङ्ग गाउँपालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । परापूर्व कालमा श्रृङ्ग ऋषिले तपस्या गरेको स्थान भनेर परिचित यो स्थानमा रहेको अजम्बरी कुण्ड हिन्दु धर्मावलम्बीहरुका लागि विशेष महत्वको छ । उत्तर तर्फबाट बहने शुक्ला गण्डकी र दक्षिणबाट बहने कृष्णा गण्डकीको पानी यो कुण्डमा आउने विश्वास गरिन्छ र हेर्दापनि त्यस्तै देखिन्छ । कुण्डमा दुइवटा साना मुलहरु रहेका छन् । एउटाबाट शुक्लाको जस्तो सेतो पानी तथा अर्र्काबाट कृष्णाको जस्तो कालो पानी निस्कने गर्दछ । यो कुण्डमा नुहाए सुस्वास्थ्य, दीर्घायु र प्रगति हुने विश्वासका साथ तीज, ऋषि पञ्चमी, एकादशी लगाएतमा यहाँ नुहाउनेको भिड लाग्ने गर्दछ ।