
दमौली/सामुदायिक प्रहरी सेवा केन्द्र तनहूँले अगामि दुई बर्षका लागि नयाँ नेतृत्वको सर्वसम्मत चयन गरेको छ ।
शनिवार सम्पन्न पाँचौ अधिवेशनले राजेश्वर हड्खलेको अध्यक्षतामा १५ सदस्यीय समितिको चयन गरेको छ ।
नयाँ कार्य समितिको उपाध्यक्षमा गोविन्दराम पन्थ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सचिवमा तारानरेश पौडेल सर्वसम्मत चयन भएका छन् । समितिको कोषाध्यक्षमा जौमाया रायमाझी निर्वाचित भएकी छन् । सो समितिको सहसचिवमा हरि कार्की चयन भएका छन् । १० सदस्ययीय सदस्यमा ऋषिराम ढुङ्गाना, विष्णुप्रसाद श्रेष्ठ, भाग्यशाली ढुङ्गाना सपना श्रेष्ठ निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभएको पाँचौ अधिवेशनलाई नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रथम व्यास नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, प्रहरी उपरिक्षक, लगायतले सम्बोधन गर्नुभएको थियो ।
सामुदायिक प्रहरीका अध्यक्ष दुर्गाभक्त अधिकारीको सभापतिमा भएको सो कार्यक्रमको सञ्चालन सचिव सूर्यभक्त पौडेलले गर्नुभएको थियो भने स्वागत उपसभापति विष्णुमायाँ खनालले गर्नुभएको थियो ।