दमौली/सरकारले आइतबारदेखि देशभर सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी अभियान तनहुँमा समेत शुभारम्भ भएको छ । उक्त अभियानको शुभारम्भमा जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अपराध न्युनिकरणका लागि सबै सरोकारवालाहरुको सहकार्य हुनुपर्नेमा जोड दिदै यो अभियान सामाजिक अपराध न्युृनिकरणका लागि कोशेढुंगा सावित हुने बताए । अभियानले प्रहरी र समुदायबीच सुमधुर सम्बन्ध स्थापित हुने वाग्लेको विश्वास थियो । कार्यक्रममा बोल्दै व्यास नगरपालीकाका प्रमुख बैकुण्ठ न्यौपानेले यो अभियान सफल पार्नु सबै जनप्रतिनिधिको कर्तव्य रहेको र राज्यका सबै अंग परिचालित हुनसके मात्रै समाजमा शान्ति कायम हुने बताए । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले प्रहरी र नागरिकको सम्बन्ध सुमधुर भएमात्रै स्वच्छ समाज निमार्ण हुने धारणा राखे । सोही अवसरमा प्रहरी उपरिक्षक शिद्धीविक्रम शाहले समुदाय(प्रहरी साझेदारी कार्यक्रमबारे प्रकाश पारेका थिए । अभियान अन्र्तगत स्थानिय तहमा समुदाय(प्रहरी साझेदारीको रुपमा स्थानिय तह, नेपाल प्रहरी, समुदायिक र समाजका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा पाँच स्तरका सामुदायिक कार्यगत संयन्त्र निर्माण गरिनेछ ।
समुदाय–प्रहरी साझेदारी अभियान प्रारम्भ
previous post