दमौली/निरन्तर एक हप्ता भन्दा बढी समयको प्रयासमा पनि व्यास नगरपालिका वडा नंं. २ स्थित सत्यवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा सहमति जुट्न सकेको छैन ।
विव्यसको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । सूर्यचन्द्र लम्साल, माधव अधिकारी, शुरेश वाग्ले र करुणराज काफ्लेको उम्मेदवारी परेपछि सहमति जुटाउने वार्ता र छलफल निरन्तर बुधबारसम्म जारी रह्यो । तर सहमति जुट्न सकेको छैन । बुधबार निर्वतमान समितिले गरेको प्रयासमा उम्मेदवारहरु सहमतिमा नै अध्यक्षको टुंगो लगाउने गरी सहमति भएपनि व्यक्तिको नामका सवालमा भने सहमति जुट्न नसकेको सूर्यचन्द्र लम्सालले बताउनु भयो । भौतिक पूर्वाधारले सम्पन्न सत्यवतीलाई प्रविधि मैत्री बनाउनु पर्ने समयको मागलाई बुझेको, स्थानीय रुपमा सत्यवती बनाउन पैतृक योगदान भएको, दुईकार्यकाल समितिमा बसेर पनि विद्यालयको आवश्यकता अनुसार समय दिएको आधारमा सबै साथीहरुले मलाई सर्वसम्मत बनाउनु हुन्छ भन्ने विश्वास लिएको छु भन्छन् अर्का दावेदार शुरेश वाग्ले । सहमति जुटाउन प्रयास गर्ने संस्था वा व्यक्तिहरुले सहमतिको लागि सबैको चित्तबुझ्ने प्याकेज आधार प्रस्तुत नगरी चुनाव गराउने नियमावलीमा व्यवस्था छैन, तपाईहरुले छोडेर सहमित गर्नु पर्दछ भन्ने दवावको आधारमा सहमति हुँदैन, शिक्षा नियमावलीमा चुनाव गर्ने व्यवस्था छ, भन्नु हुन्छ माधव अधिकारी । सत्यवती विद्यालयमै लामो समय शिक्षण गर्दा विद्यालय व्यवस्थापन समितिको धेरै नेतृत्वको कार्यशैली मैले नजिकबाट भोगेर अनुभव गरेको छु । अध्यक्ष कसरी चलाउन पर्दछ र विद्यालयको आवश्यकता के हो भन्ने मलाई राम्रो ज्ञान भएको अभिभावकहरुले बुझेको हुँदा चुनावैमा जान परेपनि अभिभावकहरुले मेरो नेतृत्वलाई अनुमोदन गर्नुहुन्छ, मैले सहमतिमा अरुलाई छोड्ने आधार र कारणहरु छैन भन्नु हुन्छ करुणराज
काफ्ले । विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गराउने जिम्मेवारी पाउनु भएका वडा नं. २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उम्मेदवारहरुको तिब्र इच्छालाई सकारात्मक रुपमा लिनुभएको
छ । उहाँ अगाडि भन्नुहुन्छ– तर चुनावमै जाँदा विद्यालयलाई राम्रो हुँदैन, त्यसैले हामीले निरन्तर ९÷१० दिन सहमति जुटाउने प्रयास ग¥यौं, सहमति जुटेको छैन, यद्यपी सहमतिमै नेतृत्व चयन गर्न अन्ततः उम्मेदवार साथीहरु नै सहमति गर्नुहुन्छ भन्ने विश्वास मैले लिएको छु । सहमति जुटाउने बुधबारको प्रयासलाई विहिबार विद्यालय प्रशासनको तर्फबाट जारी राखिने भएको छ । त्यसको लागि दावेदार अध्यक्षहरुलाई विहिबार १ बजेको समयमा पुनः छलफलका लागि बोलाइएको सत्यवती माध्यामिक विद्यालय प्रशासनले तनहुँ आवाजलाई बताएको छ ।
सत्यवतीको विव्यस गठनमा जुटेन सहमति
previous post