
पृष्ठभूमिः
अदालती अभ्यासमा कस्तो प्रकृतिको सम्पत्ती सगोलको हुन्छ र कस्तो प्रकृतिको सम्पत्ति नीजि आर्जनको हुन्छ भनेर खुट्याउन पनि कठि नै हुन्छ । कानुनमा भएका व्यवस्थालाइ न्यायीक विवेचना हुँदा सत्य न्याय खुटिन सक्दछ । न्यायीक विवेचना कसरी भयो भन्ने जान्नका लागि कानुनमा भएका व्यवस्थाहरुको बारेमा न्यूनतम जानकारी हामीले राख्न सकियो भने केही हदसम्म अनुमान लगाउन सकिन्छ ।
सगोलको सम्पत्ति मानिनेः
कानुनले पुख्र्यौलीबाट प्राप्त सम्पत्ति जुनसुकै अंशियारको नाउँमा भएतापनि पुख्र्यौली मानेको छ । सगोलका अंशियाराका नाउँमा रहेको तर नीजि आर्जनको सम्पत्ति भनेर पुष्टि गर्न नसकेको सम्पत्ति पनि सगोलको नै मानिएको छ । सगोलको अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सो बाट बढे बढाएको सम्पत्तीलाइ पनि सगोलकै मानेको छ ।
पतिपत्निमा सीमित सगोलः
सगोलको सम्पत्ति भन्नाले दाजुभाइ बीच, ससुरा बुहारी बीच, बाबु छोरा बीच आमा छोरा बीच पनि सगोलको र नीजि आर्जनको दावी आउन सक्दछ । यहाँ चर्चा गरौं पतिपत्नि बीच कस्तो सम्पत्ति सगोलको मानिन्छ । कानुनले भनेको छ एकासगोलमा रहेका पतिपत्निले कमाएको वा त्यसबाट बढेबढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ ।
पतिको मासिक आम्दानी छ, पत्निको छैन भने पनि पतिको कमाइ पनि पत्निको लागि एकासगोलको कमाइ हो । त्यसैगरी पत्नीको मासिक नियमित आम्दानी छ तर पतिको छैन भने पनि त्यो कमाइ पतिपत्नीको एकासगोलको कमाइ हो भनेर कानुनले भनेको छ ।
बाबुआमा र छोराछोरी बीचः
कानुनमा भएको व्यवस्था अनुसार बाबुआमा र छोराछोरी बीच अंशबण्डा गर्ने प्रयोजनका लागि बाबुआमाले आर्जन गरेको सम्पत्ति समेत छोराछोरीको लागि सगोलको सम्पत्ति मानिन्छ भनेको छ । हामीले स्वभाविकले बुझ्न सकिने कुरा हो कि पुख्यौलीबाट प्राप्त गरेको सम्पत्ति सगोलको भएपछि बाबुआमाको कमाइ पनि छोराछोरीका लागि पुख्र्यौली सम्पत्तिकै कोटीमा प¥यो त्यसैले पनि बाबुआमाको कमाइ छोराछोरीको लागि सगोलको सम्पत्ति हो भनेर कानुनले मानेको छ ।
सन्तानको कमाइमा बाबुआमाः
सन्तानको कमाइको सम्पत्तिमा बाबुआमाको हक लाग्ने सवालमा सगोलको भनेर कानुनले भनेको पाइदैन । यहाँनेर अदालतबाट हुने व्याख्या वा न्यायीक विवेचनालाइ साहारा लिनुपर्ने हुन्छ । त्यसमा ठोस रुपमा एकरुपता पाउन सकिदैन । मुद्धाको प्रकृति, परिवेश र तथ्यमा समान र एकरुपता विरलै भेटिन्छ । त्यसैले न्यायीक विवेचनालाइ गहिरिएर अध्ययन नगरी सतही मुल्याङ्गनबाट यर्थाथमा पुग्न कठिन हुन्छ । जे होस् छोरा छोरीको शुद्ध आर्जनमा बाबुआमाको हक लाग्दैन भनेर हामीले बुझ्नु पर्ने हुन्छ ।
एकासगोल र संयुक्त सम्पत्तिीमा भिन्नताः
एकासगोलको सम्पत्ति जो जसको नाउँमा भएपनि अंशियारा जति सबैमा बराबर बण्डा हुन्छ । तर संयुक्त सम्पत्ति जो जस्को नाउँमा छ तिनीहरुका बीचमा मात्र बराबर बण्डा हुन्छ ।
निष्कर्षः
नीजी आर्जन र सगोलको बण्डा लाग्ने सम्पत्ति खुट्याउन कानुनको ज्ञान मात्रै काफी नहुन सक्दछ । सर्वोच्च अदालतहरुबाट भएका व्याख्या, न्यायीक विवेचना र प्रतिपादित सिद्धान्तहरुलाइ पनि जानकारीमा लिएर मात्रै नीजि र सगोलको खुट्याउँन सकिन्छ ।